विशेष परिस्थितिमा मात्र हर्न प्रयोग गर्न ट्राफिक प्रहरीको अनुरोध

काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनावश्यक रुपमा हर्न प्रयोग नगर्न अनुरोध गरेको छ ।

कार्यालयले विगत केही समय देखि काठमाडौँ उपत्यकामा अनावश्यक हर्न बजाई ध्वनी प्रदुषण बढेको जनगुनासो प्राप्ता हुन आएको बताएको छ । यसका साथै लाखौँ सवारी साधन सञ्चालन हुने काठमाडौँ उपत्यकामा अनावश्यक हर्न बजाउदा ध्वनी प्रदुषण भइ जेष्ठ नागरिक, बालबालकिका तथा सर्वसाधरणमा गम्भीर असर पर्ने भएको हुदा अत्यावश्यक तथा विशेष परिस्थितिमा बाहेक हर्न प्रयोग नगर्न सम्पूर्ण सवारी चालकहरुमा अनुरोध गरेको छ ।

यी सबै कुरालाई बेवास्ता गरी हर्न बजाएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ (१) ३ बमोजिम ध्वनी प्रदूषण गर्न नहुने व्यवस्था बमोजिम कारबाही गरिने व्यहोरा समेत कार्यालयले सुचित गरेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...