शुक्रबार देखि होम डेलिभरी नहुने, खाद्यान्नका लागि यी नम्बरमा फोन गर्न सकिने

काठमाडौँ — काठमाडौं उपत्यकामा भोलि जेठ १४ अर्थात शुक्रबारदेखि लागू हुने निषेधाज्ञामा खाद्यान्नसहितका अत्यावश्यक वस्तुको होम डेलिभरी सेवा समेत पूर्ण रूपमा बन्द हुने भएको छ । यसअघिको निषेधाज्ञामा प्रशासनले बिहान १० बजेसम्म होम डेलिभरीलाई केही खुला गरेको थियो ।

यो पटकको निषेधाज्ञा थप कडाइ गर्ने निर्णय भएकाले होम डेलिभरी पूर्ण रूपमा बन्द गरिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजालले बताएका छन् । यो निषेधाज्ञाको मिति सकिए पछि अर्थात जेठ २० गते पछि भने संक्रमणको स्थिति हेरी यसलाई केही खुुकुलो गर्न सकिने उनले बताएका छन् ।

काठमाडौं, ललितपुर र भक्तपुर गरी उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको आदेश अनुसार भोलि देखि खाद्यान्न र किराना पसल समेत खोल्न पाइने छैन ।

गत वर्षको लकडाउनमा होम डेलिभरीलाई केही खुकुलो बनाइएको थियो । होम डेलिभरी गर्न पाउनु पर्ने माग राख्दै व्यवसायीले सर्वोच्च अदालतमा मुद्दा समेत दायर गरेका छन् । अदालतले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत होम डेलिभरी गर्ने विषयको कागजपत्र मगाएको छ ।

गत वर्ष होम डेलिभरीको मापदण्ड समेत तयार गरिएको थियो ।

खरिदका लागि वैकल्पिक व्यवस्था

तर खाद्य सामग्री खरिदका लागि भने वैकल्पिक व्यवस्था गरिएको छ ।

उपत्यका प्रशासनले नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडबाट अत्यावश्यक सामग्री मगाउन सक्ने गरी व्यवस्था गरेको हो । प्रशासनले त्यसका लागि कम्पनीको फोन नम्बर पनि सार्वजनिक गरेको छ । नागरिकले खाद्य सामग्री मगाए मोबाइल गाडीबाट घरमै लैजाने व्यवस्था मिलाइएको भनिएको छ ।

सम्बन्धित समाचारहरू

शुरु भयो पठाओ लोकल : साना व्यवसायीका खाजा र अन्य परिकारको सुविधा उपलब्ध हुने

शुरु भयो पठाओ लोकल : साना व्यवसायीका खाजा र अन्य परिकारको सुविधा उपलब्ध हुने

काठमाडौ – साना रेस्टुराँ तथा खाजा घरहरुलाई डिजिटल प्लाटफर्ममा जोडेर...

ट्राफिक सचेतना कक्षा अब नागरिक एपबाटै लिन सकिने, हट्यो ट्राफिक प्रहरी कार्यालय पुग्नु पर्ने बाध्यता

ट्राफिक सचेतना कक्षा अब नागरिक एपबाटै लिन सकिने, हट्यो ट्राफिक प्रहरी कार्यालय पुग्नु पर्ने बाध्यता

काठमाडौं – ट्राफिक सचेतना कक्षा अनलाइनबाट सञ्चालन हुन थालेको छ । हिजो...

ट्रायल दिँदा ठोक्किए पनि हातमा लाइसेन्स

ट्रायल दिँदा ठोक्किए पनि हातमा लाइसेन्स

काठमाडाैं । अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षामा कहीँकतै छोए वा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...