शुक्रबार देखि होम डेलिभरी नहुने, खाद्यान्नका लागि यी नम्बरमा फोन गर्न सकिने

काठमाडौँ — काठमाडौं उपत्यकामा भोलि जेठ १४ अर्थात शुक्रबारदेखि लागू हुने निषेधाज्ञामा खाद्यान्नसहितका अत्यावश्यक वस्तुको होम डेलिभरी सेवा समेत पूर्ण रूपमा बन्द हुने भएको छ । यसअघिको निषेधाज्ञामा प्रशासनले बिहान १० बजेसम्म होम डेलिभरीलाई केही खुला गरेको थियो ।

यो पटकको निषेधाज्ञा थप कडाइ गर्ने निर्णय भएकाले होम डेलिभरी पूर्ण रूपमा बन्द गरिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजालले बताएका छन् । यो निषेधाज्ञाको मिति सकिए पछि अर्थात जेठ २० गते पछि भने संक्रमणको स्थिति हेरी यसलाई केही खुुकुलो गर्न सकिने उनले बताएका छन् ।

काठमाडौं, ललितपुर र भक्तपुर गरी उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको आदेश अनुसार भोलि देखि खाद्यान्न र किराना पसल समेत खोल्न पाइने छैन ।

गत वर्षको लकडाउनमा होम डेलिभरीलाई केही खुकुलो बनाइएको थियो । होम डेलिभरी गर्न पाउनु पर्ने माग राख्दै व्यवसायीले सर्वोच्च अदालतमा मुद्दा समेत दायर गरेका छन् । अदालतले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत होम डेलिभरी गर्ने विषयको कागजपत्र मगाएको छ ।

गत वर्ष होम डेलिभरीको मापदण्ड समेत तयार गरिएको थियो ।

खरिदका लागि वैकल्पिक व्यवस्था

तर खाद्य सामग्री खरिदका लागि भने वैकल्पिक व्यवस्था गरिएको छ ।

उपत्यका प्रशासनले नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडबाट अत्यावश्यक सामग्री मगाउन सक्ने गरी व्यवस्था गरेको हो । प्रशासनले त्यसका लागि कम्पनीको फोन नम्बर पनि सार्वजनिक गरेको छ । नागरिकले खाद्य सामग्री मगाए मोबाइल गाडीबाट घरमै लैजाने व्यवस्था मिलाइएको भनिएको छ ।

सम्बन्धित समाचारहरू

साउन देखि सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिने

साउन देखि सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिने

काठमाडौं – सरकारले आगामी साउनदेखि  सरकारी  तथा  निजी सवारीसाधनमा...

राजा महेन्द्रको दोश्रो अमेरिका भ्रमण : कारमा नेपाल तथा अमेरिकी झण्डा

राजा महेन्द्रको दोश्रो अमेरिका भ्रमण : कारमा नेपाल तथा अमेरिकी झण्डा

अमेरिकी राष्ट्रपति लिन्डन वि जानसनको निमन्त्रणामा २०२४ साल कार्तिक १५ गते...

फिटनेस ठिक नभएका १८  सुमो प्रहरी नियन्त्रणमा

फिटनेस ठिक नभएका १८ सुमो प्रहरी नियन्त्रणमा

ट्राफिक प्रहरी प्रमुखमा डिआइजी मिरा चौधरी आएपछि सवारीसाधनको फिटनेस...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...