बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
आर्थिक बर्ष २०७७/७८ का लागि सार्बजनिक गरिएको बजेटमा सरकारले इलेक्ट्रिक गाडीमा भन्सारसँगै अन्तःशुल्क लगाउने घोषणा गरेपछि ती गाडीको कारोबार नराम्रोसँग प्रभाबित बन्यो । सरकारले चालेको यो कदमको सर्बत्र निन्दा समेत भयो ।
इलेक्ट्रिक कारको बजार प्रवद्र्धन गर्नुपर्नेमा तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले कर बढाएर उल्टो बाटो हिडेको भन्दै उनको चर्को आलोचना समेत भयो ।
नयाँ बजेटमा इलेक्ट्रिक गाडीमा लगाउँदै आएको १० प्रतिशतको भन्सारलाई एकैपटक बढाएर ४० प्रतिशत पु¥याइएको थियो भने गाडीको क्षमता (किलोवाट) अनुसार ४० देखि ८० प्रतिशतसम्म अन्तःशुल्क लगाएको थियो ।
यसरी ठूलो मात्रामा कर बढाउँदा इलेक्ट्रिक कारको मूल्य बढ्न जाने र ग्राहकले खरिद गर्न नसक्ने भन्दै अधिकांश कम्पनीले यस्ता साधन आयात गर्न रुचि देखाएनन् । बजेट अघिसम्म किया निरो, हुन्डाई कोना र एमजी जेडएस मोडलका कार राम्रै संख्यामा बिक्री भइरहेका थिए ।
बजेट लगत्तै यी कारको बजार नराम्रोसँग प्रभाबित बन्यो । यी गाडीको मूल्यमा १० देखि २० लाख रुपैयासम्मले मूल्य बृद्धि हुने भएपछि कम्पनीले आयात नै रोकेको थियो ।
त्यसबाहेक हाइब्रिड गाडीमा दिंदै आएको सुविधा पनि पुरै उल्टाइदिएको थियो । यसअघि इलेक्ट्रिकबाट स्टार्ट भएर केही समय चल्ने तथा इलेक्ट्रिक ब्याकअप नहुँदा पेट्रोल–डिजेलले चल्ने हाइब्रिड गाडीमा सरकारले भन्सार तथा अन्तःशुल्कमा राहत दिंदै आएको थियो, तर बजेटमा यो व्यवस्था पूरै खारेज गरियो । फलस्वरुप हाइब्रिडले पनि डिजेल पेट्रोल सरह नै भन्सार, अन्तःशुल्क तिर्नुपर्ने अबस्था बन्यो । यसले हाइब्रिड कारको बजार समेत प्रभाबित बनायो ।
असोज १५ गते बसेको मन्त्रिपरिषदको बैठकले विद्युतीय कारमा लगाएको अन्तःशुल्क ८० प्रतिशतसम्मले कम गर्ने निर्णय गरेपनि भन्सार दरमा भने छुट नदिने पुरानै नीतिलाई निरन्तरता दियो । सरकारको यस्तो निर्णयले ५० किलोवाटसम्मका गाडीमा ८० प्रशित, ५१ देखि १०० किलोवाटसम्म क्षमताका गाडीमा लाग्ने अन्तःशुल्कमा ७५ प्रतिशत र १०१ देखि १५० किलोवाट क्षमताका गाडीमा ७० प्रतिशत अन्तःशुल्कमा छुट दिने निर्णय गरेपनि यसले बजारलाई पुरानै लयमा फर्काउन भने सकिरहेको छैन ।
चालू आर्थिक वर्षको शुरूदेखि नै विद्युतीय गाडीको आयात घट्दै गएकोमा फागुनमा आयात शून्यमा झरेको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको माघसम्ममा १०३ ओटा विद्युतीय गाडीको आयात भएकोमा फागुनमा एउटा पनि गाडी आयात भएको छैन ।
यद्यपि व्यवसायीहरुले हार खाएका छैनन् । अझै यस्ता गाडीमा सरकारले केही पुनरावलोकन गर्छ भन्ने आशा गरेका छन् । बीचमा समेत केही कम्पनीहरुले नयाँ मूल्य सूची सार्वजनिक गरेका छन् भने डेरी जस्ता नयाँ ब्रान्ड समेत नेपाली बजारमा भित्रिएका छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...