दसैं नजिकिँदै गर्दा पनि खुलेन अग्रिम टिकट बुकिङ : यात्रु अन्योलमा, आज निर्णय हुन सक्ने
काठमाडौं – बडादसैं सुरु हुन अब केही दिन मात्र बाँकी छ । तर, काठमाडौं...
काठमाडौँ- यातायात व्यवस्था विभागले तत्काल सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान नगरेको खण्डमा जरिवाना नलाग्ने स्पष्ट पारेको छ।
विभागले आफूलाई अनुकूल भएको समयमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न सकिने उल्लेख गरेको हो । मंगलबार सूचना जारी गरेर सम्पूर्ण सरकारी, निजी र सार्वजनिक सवारी साधनहरूमा क्रमशः जोड्दै लैजाने निर्णय भएको भए पनि असोज १ गतेदेखि जडान नगरे कारबाही नहुने उल्लेख गरेको छ ।
विभागले आफूलाई अनुकूल समयमा सवारी दर्ता गरेको कार्यालयमा गई स्वतःस्फूर्त ढङ्गले इस्बोस्ड नम्बर प्लेट जडान गर्न सकिने उल्लेख गरेको छ। विभागले आगामी असोज १ गतेभित्र सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान नगरे दण्ड जरिवाना लाग्ने कुरालाई निराधार भन्दै भ्रममा नपर्न आग्रह गरेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...