ईभीका लागि ‘ब्याट्री पासपोर्ट’ अनिवार्य गर्दै यूरोप
सन् २०२७ देखि युरोपेली संघमा आबद्ध देशहरूमा बिक्री हुने सबै विद्युतीय...
काठमाडौं – पहिलेको सरकारले ल्याएको विद्युतीय बस खरिद गर्ने र कुलेखानी–हेटौंडा सुरुङमार्ग निर्माण गर्ने योजनालाई हालको बागमती प्रदेश सरकारले स्थगित गर्ने भएको छ ।
मुख्यमन्त्री राजेन्द्र पाण्डेले आफ्नो पार्टी एकीकृत समाजवादीको केन्द्रीय बैठकलाई दिएको जानकारीअनुसार विद्युतीय बस खरिद गर्ने योजना हाललाई स्थगित गरिएको छ । डोरमणि पौडेल नेतृत्वको सरकारले विद्युतीय बस खरिद गर्न भनेर ३० करोड रुपैयाँ रकम छुट्याएको थियो ।
यद्यपि सडक पूर्वाधार र चार्जिङ स्टेशनका लागि आवश्यक तयारी नभएकाले हाललाई विद्युतीय बस खरिदको योजना स्थगित गर्नुपरेको मुख्यमन्त्री पाण्डेले बताए ।
यस्तै कुलेखानी–हेटौंडा सुरुङमार्गलाई अघिल्लो सरकारले ५० करोड रुपैयाँ बजेट छुट्याएको थियो । तर यो आयोजनामा सरकारले १८ अर्ब रुपैयाँ लागत अनुमान गरेको भएपनि ३० अर्ब लाग्ने देखिएको र केन्द्र सरकारले रकम दिने सुनिश्चितता पनि नभएकाले यो योजना पनि हाललाई स्थगित गरेको पाण्डेले बताए ।
प्रदेशको तत्कालीन सरकारले २०८५ सालभित्र प्रदेशका मुख्य सहरमा इन्धनबाट चल्ने सवारी विस्थापित गर्ने नीति लिएको थियो। सोहीअनुसार विद्युतीय बस खरिदको विषयलाई प्राथमिकता दिइएको थियो।
सन् २०२७ देखि युरोपेली संघमा आबद्ध देशहरूमा बिक्री हुने सबै विद्युतीय...
विश्व प्रख्यात इभी निर्माता टेस्लाले सानो ह्याचब्याक निर्माण गर्ने भएको छ...
काठमाडौं – टाटा मोटर्सका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...