लगातार भित्रिदै इलेक्ट्रिक स्कुटर : तर इलेक्ट्रिक मोटरसाइकलमा किन कम आकर्षण

नेपाली बजारमा लगातार रुपमा नयाँ ब्रान्डका इलेक्ट्रिक स्कुटर भित्रिने क्रम बढ्दो छ । हालै सेगवे ब्रान्डको इलेक्ट्रिक स्कुटर भित्रिएको छ । केही दिन पहिले हिरो इलेक्ट्रिक नेपाली बजारमा भित्रियो । यो भन्दा पहिले पनि नेपाली बजारमा प्रशस्तै इलेक्ट्रिक स्कुटर उपलब्ध छन् ।

इलेक्ट्रिक स्कुटर धेरै भित्रिए पनि इलेक्ट्रिक मोटरसाइकल भने त्यस्तो धेरै मात्रामा उपलब्ध छैनन् । नेपाली युवाहरुले नै डिजाइन गरी निर्माण गरिएको यात्री पी–१ को पहिलो लट सोल्ड आउट भएको समाचार केही दिन पहिले आएको छ । यद्यपि यात्री पी–१ का वारेमा पनि सामाजिक सञ्जालमा धेरै टिकाटिप्पणी भएको पाइन्छ । फेरि यात्रीले सबैलाई उपलब्ध हुने गरी परम्परागत तरिकाले मोटरसाइकलको टेस्ट राइड गर्ने सुविधा दिएको छैन । यसले अनलाइनबाटै टेस्ट राइडका लागि आग्रह गर्न सकिने व्यवस्था गरेकाले पनि अन्य मोटरसाइकल जस्तो सोरुममै पुगेर टेस्ट राइड गर्न सकिने व्यवस्था गरेन । नेपाली युवाहरुले बनाएको भनेर सराहना गरे पनि अन्य पक्षबाट भने यसको वारेमा खासै चर्चा भएको छैन ।

नेपाली बजारमा उपलब्ध इलेक्ट्रिक मोटरसाइकलको रुपमा सुपर सोको ब्रान्ड प्रचलित छ । केही महिना पहिले सुपर सोकोको नेपालका लागि आधिकारिक वितरक डी–लाइफ स्टाइल्सले नेपाल विद्युत प्राधिकरणलाई एकै पटक १५ मोटरसाइकल हस्तान्तरण गरेको चर्चाले यसको बजार तताएको थियो । यद्यपि अहिले पनि सुपर सोको ब्रान्डका मोटरसाइकलको माग राम्रो रहेको डी–लाइफ स्टाइल्सका सेल्स म्यानेजर उद्धवकुमार मैनाली बताउछन् । नेपाली बजारमा अन्य प्रतिस्पर्धी नभएर मात्र होइन, विश्व बजारमै ग्राहकको चाहना अनुसारको इलेक्ट्रिक मोटरसाइकल उत्पादन गर्ने कम्पनी भएकाले पनि यसो भएको हुन सक्ने उनको तर्क छ । इलेक्ट्रिक मोटरसाइकल बजारमा विश्वसनियताका साथ प्रवेश गर्ने कम्पनी विश्वमै कम भएको र यसका लागि उपयुक्त गुणस्तरको उत्पादन उपलब्ध हुनुपर्ने उनले बताए ।

यो भन्दा पहिले नेपाली बजारमा जिनियस ब्रान्डको इलेक्ट्रिक मोटरसाइकल भित्रिएको थियो । तर यसले पनि अपेक्षित रुपमा बजार लिन सकेन । २०७६ सालमा सम्पन्न नाडा अटो शोमार्फत सार्वजनिक गरिएका जिनियसका पहिले ४ मोडल र पछि २ मोडल बिक्रीका लागि उपलब्ध थिए । ‘नेपाली ग्राहकले लामो दुरीका लागि आवश्यक रेन्ज सहितको मोटरसाइकल खोजी गर्ने र जिनियसका मोटरसाइकल अलि हेभी र स्पोर्टी भएकाले नरुचाइएको यसको वितरक योम मा ई–मोटर्सका सञ्चालक सञ्जिव शिल्पकार बताउछन् । नेपालमा स्कुटर नै रुचाउने ट्रेन्ड देखेरै हाल टेल्जी ब्रान्डका इलेक्ट्रिक स्कुटरको प्रवद्र्धनमा लागेको उनले बताए ।

हुन त भारतीय बजारमा पनि स्कुटरको तुलनामा मोटरसाइकलले अपेक्षित बजार लिन सकेका छैनन् । ओला, एथर आदि ब्रान्डले पछिल्लो समयमा बजार लिन थालेका छन् र हालै कोमाकी र टर्क मोटर्सले नयाँ इलेक्ट्रिक मोटरसाइकल बजारमा ल्याएका छन् । पछिल्लो समयमा भने भारतीय बजारमा इलेक्ट्रिक मोटरसाइकलले राम्रो चर्चा पाउन थालेका छन् ।

भारतीय बजारमा लोकप्रिय रहेका एथर, कोमाकी जस्ता ब्रान्ड नेपालमा समेत भित्रिने तयारी समेत भइरहेको चर्चा छ । आशा गरौ, नेपाली बजारमा पनि भविष्यमा इलेक्ट्रिक मोटरसाइकलतर्फ आकर्षण बढ्ने छ ।

सम्बन्धित समाचारहरू

आफूहरु पलायन नभएको र नेपालमै विश्व स्तरीय उत्पादन उपलब्ध गराउने यात्रीको भनाइ

आफूहरु पलायन नभएको र नेपालमै विश्व स्तरीय उत्पादन उपलब्ध गराउने यात्रीको भनाइ

काठमाडौं – नेपालमा विद्युतीय मोटरसाइकल निर्माण गरेको यात्री मोटरसाइकलले...

सेरेस मिनी ईभीको मूल्य सार्वजनिक, १४ देखी १८ लाख सम्ममा ३ भेरिएन्ट उपलब्ध

सेरेस मिनी ईभीको मूल्य सार्वजनिक, १४ देखी १८ लाख सम्ममा ३ भेरिएन्ट उपलब्ध

सेरेसले नेपाल ल्याएको मिनी इभी ई–१ को मूल्य सार्वजनिक भएको छ । सो मिनी ईभी ३...

७४औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा रसुवा भन्सार कार्यालयद्वारा सीजी मोटर्स सम्मानित

७४औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा रसुवा भन्सार कार्यालयद्वारा सीजी मोटर्स सम्मानित

रसुवा – ७४औँ अन्तर्राष्ट्रिय भन्सार दिवस २०२६ को अवसरमा रसुवा भन्सार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...