अफरोडमा थारसँग प्रतिस्पर्धा गर्न जिपले मिनी एसयूभी ल्याउने
अमेरिकी कार निर्माता कम्पनी जिपले महिन्द्रा थारसँग प्रतिस्पर्धा गर्न...
काठमाडौं - काठमाडौंको कलंकीस्थित खसीबजारमा अवस्थित रेसिङ अटोमोबाइल्सले पुराना गाडीहरूको बिक्री गर्दा ‘दुर्घटना रहित प्रमाणपत्र’ वितरण गर्ने नयाँ योजना सुरु गरेको छ ।
बुधबार एक विशेष समारोहका बीच यो योजना औपचारिक रूपमा सार्वजनिक गरिएको हो । समारोहमा कम्पनीका अध्यक्ष रुद्र ढुंगेलले राष्ट्रिय अनुसन्धान विभागका पूर्व डिआइजी लक्ष्मण गुरुङलाई पहिलो प्रमाणपत्र हस्तान्तरण गर्दै योजनाको सुरुआत गरेका थिए ।
ढुंगेलका अनुसार यस योजनाको उद्देश्य पुराना गाडी खरिद गर्दा हुने अविश्वास, शंका र ठगी जस्ता समस्या समाधान गर्नु हो । उनले भने, “यदि हामीले बिक्री गरेको गाडी पछिल्ला मितिसम्म कुनै दुर्घटनामा परेको छैन भन्ने प्रमाणपत्र दिएपछि पनि त्यस गाडी पहिले नै दुर्घटनाग्रस्त भएको प्रमाणित भएमा हामीले खरिद मूल्यमा फिर्ता लिने र नगद फिर्ता दिने ग्यारेन्टी दिनेछौं ।”
कम्पनीका प्रबन्ध निर्देशक प्रविन लामिछानेले अटामोबाइलप्रति विश्वसनियता बढाउँदै लानेमा अझैं प्रतिवद्ध गरेको जानकारी दिए ।
कार्यक्रममा व्यापार सल्लाहकार सिताराम भट्टराईले दुर्घटनारहित प्रमाणपत्रले बजारमा पारदर्शिता र जिम्मेवारी बढाउने बताए भने सलीको इन्सुरेन्सका शाखा प्रबन्धक शम्भु बस्य्यौलाले रेसिङले बिक्रीसम्मको जिम्मेवारी लिने र त्यसपछिका जोखिम बीमा कम्पनीहरूले वहन गर्ने जानकारी दिए ।
कार्यक्रममा सहभागी बैंक तथा बीमा कम्पनीका प्रतिनिधिहरूले पनि रेसिङ अटोमोबाइल्सको पारदर्शिता र व्यावसायिक दृष्टिकोणको प्रशंसा गरेका थिए ।
सो अवसरमा कम्पनीले आफ्नो नयाँ ‘प्रमोसनल जिङ्गल ८८’ पनि सार्वजनिक गरेको थियो, जसले ब्रान्डको पहिचान र पुराना गाडीको कारोबारमा विश्वसनीयता अभिव्यक्त गर्ने उद्देश्य राखेको कम्पनीले जनाएको छ ।
अमेरिकी कार निर्माता कम्पनी जिपले महिन्द्रा थारसँग प्रतिस्पर्धा गर्न...
काठमाडौं – अमेरिकी अटोमोबाइल ब्रान्ड जिपले नेपालमा नयाँ प्रिमियम एसयुभी...
अमेरिकी अटो निर्माता जिपले आफ्नो लोकप्रिय एसयूभी “कम्पास” को नयाँ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...