गण्डकीमा घट्यो सवारी कर जरिवाना : अब २० प्रतिशत मात्र, यस्तो छ करको दर

गण्डकी प्रदेश सरकारले सवारी करको जरिवाना शुल्क घटाएको छ । चालु आर्थिक वर्षदेखि सवारी करको जरिवानामा वृद्धि गरेर एक आर्थिक वर्ष नाघ्दा २०० प्रतिशतसम्म जरिवाना लिन थालेपछि सरकारको सर्वत्र आलोचना भएको थियो । 

मुख्यमन्त्री निवासमा बुधबार साँझ बसेको आकस्मिक मन्त्रिपरिषद्को बैठकले प्रदेश सवारी तथा यातायात व्यवस्थासम्बन्धी ऐन २०७६ को व्याख्या गर्दै बाधा अड्काउ फुकाउने सुविधाको प्रयोग गरेर जरिवानाको दर घटाएको हो । गण्डकीमा आर्थिक ऐनमार्फत यसअघिका वर्षमा कर र जरिवाना लाग्दै आएकामा सरकारले चालु वर्षदेखि सवारी तथा यातायात व्यवस्था ऐनमार्फत जरिवाना लिन सुरु गरेको थियो । 

चालु वर्षको सुरुआतदेखि सवारी करमा एक आर्थिक वर्ष नाघ्दा २०० प्रतिशतसम्म जरिवाना लिइएकोमा अब घटाएर २० प्रतिशतमा झारिएको सरकारका प्रवक्तासमेत रहेका भौतिक पूर्वाधार सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्काले बताए । उनका अनुसार अबदेखि पहिलो आर्थिक वर्ष नाघेमा २०, दोस्रोमा ४०, तेस्रोमा ६०, चौथोमा ८० प्रतिशत र पाँचौँ वर्ष नाघेमा मात्र दोब्बर जरिवाना लिइने छ । 

मन्त्रिपरिषद्को निर्णय प्रदेश राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा जानेछ । मन्त्री खड्काले भने, “विगतमा आर्थिक ऐनअनुसार जरिवाना कार्यान्वयन हुँदै आएको थियो । एक आर्थिक वर्ष नाघेपछि ३२ प्रतिशत जरिवाना लगाउने व्यवस्था थियो तर यस वर्षको आर्थिक ऐन जरिवानाको बारेमा मौन रहेपछि सवारी ऐनअनुसार जरिवाना लगाउँदा सेवाग्राहीलाई मर्का परेको अनुभुति भएपछि मन्त्रिपरिषद्को आकस्मिक बैठकले त्यसलाई घटाएर पहिलाभन्दा पनि सस्तो बनाएका छौँ ।”

सवारी ऐनमा बाधा अड्काउ फुकाउको व्यवस्था प्रदेश सरकारलाई दिएअनुसार मुख्य न्यायाधिवक्ता, यातायात मन्त्रालयका सचिवसहितको उच्चस्तरीय समितिको बैठकले अर्थमन्त्रालय र कानुन मन्त्रालयको समेत राय लिएर शुल्क घटाउने निर्णय गरिएको मन्त्री खड्काले बताए।

यस्तो छ करको दर

गण्डकी प्रदेशमा गरिएको व्यवस्था अनुसार १२५ सीसी सम्मका मोटरसाइकलको कर ३ हजार रुपैयाँ तिर्नु पर्छ । त्यसैगरी १२६ देखि १५० सीसी सम्म ५ हजार, १५१ देखि २२५ सीसी सम्म ६ हजार ५ सय र २२६ देखि ४ हजार सीसी सम्मका मोटरसाइकलको कर ११ हजार रुपैयाँ तोकिएको छ ।

४०१ देखि ६५० सीसी सम्म २० हजार र ६५० सीसी भन्दा माथिका मोटरसाइकलले ३० हजार कर तिर्नु पर्छ ।

निजी सवारी साधनमा १००० सीसी सम्म २२ हजार कर तिर्नु पर्ने व्यवस्था छ । त्यसैगरी १००१ देखि १५०० सीसी सम्म २५ हजार, १५०१ देखि २००० सीसी सम्म २७ हजार र २००१ देखि २५०० सीसी सम्म ३७ हजार रुपैयाँ कर तिर्नु पर्छ ।

त्यसैगरी २५०१ देखि ३००० सीसी सम्म ५० हजार, ३००१ देखि ३५०० सीसी सम्म ६० हजार र ३५०० सीसी भन्दा माथिकाले ६५ हजार कर तिर्नु पर्छ ।

इलेक्ट्रिक सवारी साधनमा पनि विभिन्न प्रकारका करको दर निर्धारण गरिएको छ । इलेक्ट्रिक मोटरसाइकल वा स्कुटरमा ३५० वाट देखि १००० वाट सम्म १ हजार, १०० भन्दा माथि १५०० वाट सम्म २ हजार र १५०० वाट माथिका मोटरसाइकल स्कुटरले २ हजार रुपैयाँ कर तिर्नु पर्छ ।

त्यसैगरी इलेक्ट्रिक कार, जिप, भ्यान वा माइक्रोले ५० किलोवाट देखि १२५ किलोवाट सम्म भए १० हजार, १२५ किलोवाट माथि २०० किलोवाट सम्म १५ हजार र २०० किलोवाट माथिकाले २० हजार रुपैयाँ कर तिर्नु पर्छ ।

सम्बन्धित समाचारहरू

बलिउड कलाकारले बनाएको एप्स काठमाडौं महानगरपालिकाको टप १५ सूचीमा, बढ्दै प्रयोगकर्ता

बलिउड कलाकारले बनाएको एप्स काठमाडौं महानगरपालिकाको टप १५ सूचीमा, बढ्दै प्रयोगकर्ता

एटीएस नेपाल हालै मात्र नेपाली बजारमा उपलब्ध गराइएको विभिन्न सुविधा सहितको...

काठमाडौं–तराई द्रुतमार्गः सुरुङमार्ग बनाउन ५० अर्बको ठेक्का सम्झौता

काठमाडौं–तराई द्रुतमार्गः सुरुङमार्ग बनाउन ५० अर्बको ठेक्का सम्झौता

काठमाडौं–तराई द्रुतमार्ग (फाष्ट ट्र्याक)मा बन्ने सुरुङमार्गसहितका विशेष...

काठमाडौं उपत्यकाबाट एकैदिन बाहिरिए एक लाख ११ हजार

काठमाडौं उपत्यकाबाट एकैदिन बाहिरिए एक लाख ११ हजार

काठमाडौं – बितेका २४ घण्टामा काठमाडौं उपत्यकाबाट एक लाख ११ हजार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...