नेटा भी खरिद गर्दा ८० प्रतिशत कर्जा सहजै पाइने
काठमाडौं– होजोन मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता सिजी मोटर्सले...
काठमाडौं – एनएमबि बैंकले विद्युतीय सवारी साधन किन्न चाहने ग्राहकलाई ७ वर्षको अवधिका लागि ८.९९ प्रतिशत निश्चित ब्याजदरमा अटो लोन उपलब्ध गराएको छ । एनएमबि सुलभ अटो लोन नामक सो अटो लोन विद्युतीय सवारी साधन किन्नेहरुका लागि उपयुक्त हुने बताइएको छ ।
नेपालमा विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवर्द्धन गर्ने र दिगो भविष्यलाई समर्थन गर्ने उद्देश्यका साथ बैंकले विद्युतीय गाडी सेग्मेन्टमा कम ब्याजदरमै लोन उपलब्ध गराएको बैंकले जनाएको छ ।
ग्राहकहरूले अब सजिलै आफ्नो विद्युतीय सवारी साधन फाइनान्स गरि दिगो भविष्य तर्फ योगदान दिन सक्नेछन् ।
हाल विद्युतीय सवारी साधन प्रयोग गर्न चाहने ग्राहकहरु बढिरहेको समयमा बैंकले उक्त अटो लोन सार्वजनिक गरेको हो ।
विद्युतीय सवारी साधन किन्नका लागि बैंकहरुले ८० प्रतिशत सम्म अटो लोन उपलब्ध गराउन सक्ने व्यवस्था छ ।
बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहकमाझ प्रस्तुत गर्दै आइरहेको छ । थप जानकारीको लागि call@nmb.com.np मा ईमेल वा ०१–५९७०१५० मा फोन गर्न सकिने छ ।
एनएमबि बैंकले हाल देशभर २ सय १ शाखा, १ सय ८७ एटीएम र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ ।
काठमाडौं– होजोन मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता सिजी मोटर्सले...
काठमाडौं– जिकरको नयाँ ईभी ७ एक्सले प्रि–सेल सुरु भएको १ हप्तामै २० हजार...
काठमाडौं – असिम पाण्डे नेतृत्वको युवा समूहले तयार गरेका दुई मोडलका...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...