नाइमा एक्स्पोमा गाडी किन्नेलाई सस्तो ब्याजदरमा अटो कर्जा, तीन बैंकले ल्याए विशेष स्किम
काठमाडौँ– काठमाडौंको भृकुटीमण्डपमा जारी नाईमा एक्स्पोको मुख्य आकर्षण...
काठमाडौं–काठमाडौँमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को अवसरमा विश्वव्यापी स्मार्ट विद्युतीय मोबिलिटी ब्रान्ड एनआईयूले नेपाली बजारमा आफ्ना तीन नयाँ प्रिमियम विद्युतीय स्कुटरहरू सार्वजनिक गरेको छ ।
कम्पनीले एफक्यूआईएक्स३००, एफएक्स विन्ड र एनक्यूआईजीटीएस गरी तीन नयाँ मोडलहरू एकसाथ सार्वजनिक गर्दै नेपालमा आफ्नो विद्युतीय सवारीको पोर्टफोलियोलाई थप विस्तार गरेको हो । नयाँ सार्वजनिक गरिएका तीनै मोडलहरू फरक–फरक वर्गका राइडरहरूको आवश्यकता र शैलीलाई ध्यानमा राखेर डिजाइन गरिएका छन् ।
एनआईयूको नयाँ पुस्ताको स्मार्ट मोबिलिटीलाई प्रतिनिधित्व गर्ने एफक्यूआईएक्स३०० मा ३,६०० वाट रेटेड क्षमताको मोटर जडान गरिएको छ, जसले अधिकतम ५,६०० वाटसम्मको पीक पावर प्रदान गर्दछ । यस स्कुटरमा ७२ एम्पियर २८ भोल्ट क्षमताका दुईवटा ब्याट्री (डुअल ब्याट्री) प्रयोग गरिएको छ ।
दैनिक आवागमनमा उच्च कार्यसम्पादन, आकर्षक आर्किटेक्चर र स्मार्ट कनेक्टिभिटी खोज्ने नयाँ पुस्ताका राइडरहरूलाई लक्षित गरिएको यो स्कुटरले सडकको अवस्था र प्रयोग अनुसार प्रतिचार्ज १३० देखि १५० किलोमिटरसम्मको अनुमानित रेन्ज प्रदान गर्ने कम्पनीको भनाइ छ ।
त्यस्तै, व्यक्तिगत शैली र बोल्ड पहिचान खोज्ने सवारीचालकहरूका लागि एफएक्स विन्ड बजारमा ल्याइएको छ । यस मोडलमा ३,००० वाट रेटेड मोटर र ५,६०० वाटको पीक पावर रहेको छ । यसमा ७२ एम्पियर ३२ आवरको सिंगल ब्याट्री प्याक राखिएको छ, जसले सामान्य प्रयोगको अवस्थामा ८० देखि १०० किलोमिटरसम्मको रेन्ज दिन्छ । आफ्नो सवारीलाई आफ्नै भिन्न पहिचानको माध्यम बनाउन चाहने युवाहरूका लागिएफएक्स विन्ड एक उपयुक्त विकल्पका रूपमा प्रस्तुत गरिएको छ ।
यसैगरी, एनआईयूको लोकप्रिय एनक्यूआई प्लेटफर्ममा आधारित एनक्यूआईजीटीएसले प्रिमियम तथा आरामदायी शहरी राइडिङ अनुभव प्रदान गर्छ । एफक्यूआईएक्स३०० जस्तै यसमा पनि ३,६०० वाट रेटेड मोटर (५,६०० वाट पीक पावर) र ७२ भोल्ट २८ एम्पिपयरका दुईवटा ब्याट्री जडान गरिएको छ । यसले पनि प्रतिचार्ज १३० देखि १५० किलोमिटरसम्मको रेन्ज दिनेछ । यस मोडलले नेपालमा नाइयुको प्रिमियम विद्युतीय स्कुटर श्रेणीलाई थप मजबुत र परिष्कृत बनाउने अपेक्षा गरिएको छ ।
तीन नयाँ मोडल सार्वजनिक गरेसंगै एनआईयू नेपालले आफ्नो निकै रुचाइएको एनक्यूआई स्पोर्ट्स स्कुटरको मूल्यमा ठूलो कटौतीको घोषणा गरेको छ । यसअघि ३ लाख ४८ हजारमा बिक्री हुँदै आएको यस स्कुटरको मूल्य अब २ लाख ६९ हजार ९०० कायम गरिएको छ । कम्पनीका अनुसार २२.४४ प्रतिशत (अर्थात् रु. ७८ हजार १००) ले मूल्य घटाइए पनि स्कुटरको प्राविधिक क्षमता, फिचर र ८० देखि ९० किमिको रेन्ज भने यथावत् राखिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...