नाइमा एक्सपोमा प्रदर्शन हुने अपेक्षा गरिएको निसान टेक्टन भारतमा लन्च
निसानले भारतीय बजारमा नयाँ मिड साइज एसयूभी निसान टेक्टन लन्च गरेको छ। यसले...
निसानले भारतीय बजारमा फुल साइज एसयूभी सेगमेन्टमा नयाँ एसयूभी एक्स-ट्रेल लन्च गरेको छ ।
एक्स-ट्रेलमा धेरै उत्कृष्ट सुविधा दिइएको छ । यसमा प्यानोरामिक सनरुफ, ८ इन्चको इन्फोटेनमेन्ट सिस्टम, १२.३ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, ३६० डिग्री क्यामेरा, एन्ड्रोइड अटो, एप्पल कार प्ले, ड्युअल जोन क्लाइमेट कन्ट्रोल, २० इन्चको अलोय ह्विल, ७ एयरब्याग, २१० एमएम ग्राउन्ड क्लियरेन्स, एलईडी लाइट र वायरलेस चार्जर जस्ता फिचर प्रदान गरिएको छ ।
सो एसयूभीमा १.५ लिटर क्षमताको ३ सिलिन्डर टर्बो पेट्रोल इन्जिन जडान गरिएको छ । यसमा सीभीटी गियरबक्स उपलब्ध छ । सो एसयूभीले १६१ हर्स पावर र ३०० एनएम टर्क जेनेरेट गर्छ । यसमा १.५ लिटर इन्जिनसँगै माइल्ड हाइब्रिड प्रविधि पनि समावेश छ ।
निसानले ४९ लाख ९२ हजार भारु मूल्यमा एक्स-ट्रेल एसयूभी लन्च गरेको हो । यसलाई भारतमा सीबीयूको रूपमा एउटा मात्र भेरिएन्ट ल्याइएको छ । एसयूभीको लागि बुकिङ जुलाई २६ देखि सुरु भइसकेको छ ।
निसानको एक्स-ट्रेल फुल साइज एसयूभीले भारतीय बजारमा टोयोटा फर्च्युनर, एमजी ग्लोस्टर, जीप मेरिडियन र स्कोडा कुशाकसँग प्रतिस्पर्धा गर्नेछ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...