जनवरी २ सम्म ‘निसान विक’, निसान किक्समा २.५० लाख छुट र अन्य सुविधा

काठमाडौं – क्रिसमस र नयाँ वर्ष २०२२ को अवसरमा निसानको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले ‘निसान विक’ आयोजना गरेको छ । हिजो देखि शुरु भएको निसान विक आगामी जनवरी २ सम्म चल्ने छ ।

निसान विकको अवसरमा निसानको नेपाली बजारमा उपलब्ध कम्प्याक्ट एसयूभी किक्सको खरिदमा २ लाख ५० हजार सम्मको छुट पाउन सकिने छ ।

यसका साथै निसानले स्पट एक्सचेन्ज र भ्यालुएसनको सुविधा पनि उपलब्ध गराएको छ । यो अवधिभर देशभरका निसान सोरुममा टेस्ट ड्राइभ गर्ने ग्राहकमध्ये एक जनालाई लक्की ड्रमार्फत रेडमी १० प्राइम प्रदान गरिने छ ।

हरेक ग्राहकले एक वर्षको निःशुल्क बिमा, एक वर्षको निःशुल्क सडक कर, तीन वर्षको निःशुल्क सर्भिसिङ र तीन वर्षको वारेन्टी पाउने छन् । यी वाहेक लोयल्टी बोनस र अन्य अफरहरुको लाभ समेत उठाउन सकिने पायोनियर मोटोकर्पले जनाएको छ ।

निसानका देशभर रहेका सोरुमहरुमा यो विक चल्ने र अफर समेत सबैमा लागू हुने बताइएको छ ।

सम्बन्धित समाचारहरू

निसान किक्स एसयूभी किन्दा ४ लाख ३० हजारको बेनेली बाइक पाइने

निसान किक्स एसयूभी किन्दा ४ लाख ३० हजारको बेनेली बाइक पाइने

काठमाडौं – निसानको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले निसान...

म्याग्नाइट फेसलिफ्टको निर्यात अन्तराष्ट्रिय बजारमा सुरु, कहिले आउला नेपाल ?

म्याग्नाइट फेसलिफ्टको निर्यात अन्तराष्ट्रिय बजारमा सुरु, कहिले आउला नेपाल ?

निसानले गत अक्टोबर ४ मा लन्च गरेको म्याग्नाइट फेसलिफ्टलाई अन्तराष्ट्रिय...

१५ देशमा निर्यात हुन थाल्यो भारतमा बनेको निसान म्याग्नाइट : नेपालमा पनि लोकप्रिय

१५ देशमा निर्यात हुन थाल्यो भारतमा बनेको निसान म्याग्नाइट : नेपालमा पनि लोकप्रिय

भारतमा उत्पादन हुने निसान म्याग्नाइट विश्वका १५ देशमा निर्यात हुन थालेको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...