सिंगल चार्जमा ४ सय किमी गुड्ने निसान लिफ नेपाल आउने पक्का, आयो टिजर
काठमाडौं – निसानको बहुप्रतीक्षित इलेक्ट्रिक कार निसान लिफ नेपाली बजारमा...
जापनिज अटो निर्माता निसानले आफ्नो इभीमा एलफपी ब्याट्री प्रयोग गर्ने जनाएको छ । लिथिएम आइरन फस्फेट(एलएफपी) ब्याट्री एनसिएम(निकेल, कोबाल्ट र म्याग्नेसिस) सहितको लिथियम आयोन भन्दा ३० प्रतिशतसम्मले सस्तो हुने हुँदा उक्त ब्याट्री जडित ईभीले भविष्यमा बीवाइडीसंग प्रतिस्पर्धा गर्न सहज हुने कम्पनीको भनाई छ ।
विश्वमा सर्बाधिक बिक्री हुने ईभी ब्राण्डका रुपमा परिचत बीवाइडीले एलएफपी केमेस्ट्रिको ब्लेड ब्याट्री प्रयोग गर्दै आएको छ । एलएफपी ब्याट्री उत्पादनमा बीवाइडीले ४१ प्रतिशत बजार हिस्सा ओगट्दा उसको प्रतिस्पर्धी क्याटलको हिस्सा ३४ प्रतिशत छ ।
एलएफी ब्याट्री प्रयोग गरेर निसानले सन् २०२६ देखी नयाँ मोडलका ईभी उत्पादन गर्ने जनाएको हो । एनसिएम ब्याट्रीको तुलनामा ड्राइभिङ रेन्ज ३० प्रतिशतसम्मले कम हुने भएपनि पछिल्लो समय सस्तो ईभी बनाउने होडका कारण एलएफपी ब्याट्रीको प्रयोग ब्यापक बन्दै गएको निसानको ठहर छ ।
एलएफपी ब्याट्रीलाई कम्पनीले योकोहामास्थित प्लान्टमा आँफैले उत्पादन गर्न सक्ने जनाइएको छ । साथै निसानले पछिल्लो समय नयाँ प्रबिधीको ब्याट्री विकास गर्न छुट्टै आर एण्ड डी सेन्टर समेत स्थापना गरिसकेको छ । निसानसंग हाल लिफ र आरिया मोडलका ईभी उपलब्ध छन् । कम्पनीले सन् २०३० सम्ममा १९ वटा नयाँ ईभी लन्च गर्ने योजना बनाएको छ ।
काठमाडौं – निसानको बहुप्रतीक्षित इलेक्ट्रिक कार निसान लिफ नेपाली बजारमा...
काठमाडौं – नेपालमा चेरी गाडीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले...
नारी र पुरुष एकै रथका दुई पांग्रा हुन् भन्ने भनाइ छ । यो भनाइलाई नेपाली...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...