सेडानका लागी चुनौती बनेको ह्याचब्याक संकटमा, अब लोकप्रिय बन्दै माइक्रो एसयूभी
कुनै समय नेपाली सडकमा सेडान कारको उपस्थिति निकै नै बाक्लो देखिन्थ्यो ।...
जापनिज अटो निर्माता निसान केही समययता आर्थिक संकटसंग जुधिरहेको छ । वित्तिय व्यवस्थापन गर्न नसकेर समस्याग्रस्त बन्दै गएको अटोमेकरले आफ्नो लागत कटौती गर्ने उपायहरु सार्बजनिक गरिरहेको छ ।
केहि समयअघि मात्र आफ्ना २० हजार कर्मचारी कटौती गर्ने र ७ वटा प्लान्ट बन्दा गर्ने घोषणा गरेको निसानले अव आफ्नो ग्लोबल हेडक्वार्टर नै बिक्री गर्ने सम्मको सोंच बनाएको छ ।
निसानले २००९ मा टोकियोबाट योकोहामामा आफ्नो हेडक्वार्टर सारेको थियो । १०० अर्व येनभन्दा बढी लगानीमा तयार पारिएको उक्त हेडक्वार्टर बिक्री गरेर आफ्नो संकट टार्न कम्पनीले छलफल अघि बढाएको हो ।
मिडिया रिपोर्टका अनुसार, उक्त हेडक्वार्टर मार्च २०२६ को अन्त्यसम्ममा निसानले बेच्न चाहेको सम्पत्तिहरूको सूचीमा देखापरेको हो । नयाँ सीईओ इभान एस्पिनोसाले सार्बजनिक गरेको निकट भविष्यमा बिक्री गरिने सम्पत्तिको विवरणमा हेडक्वार्टर सामेल नगरेपनि कम्पनीको संकटलाई टार्न सबै उपायहरु अवलम्वन गर्न सकिनेतर्फ इंगित भने गरेका छन् । आफ्नो मुख्यालय बिक्री गरेर यसलाई भाडामा चलाउने विषयमा समेत छलफल भइरहेको जनाइएको छ ।
कार निर्माताले लागत घटाउन केही नयाँ मोडलहरूको विकास पनि रोकिरहेको छ । यसअिघ सार्बजनि गरिएको १३ वटा नयाँ प्लटेफर्मबाट छ वटालाई हटाएर ७ वटा लाइनअपमा मात्र काम गर्ने उसको तयारी छ । साथै, स्पेयर पार्ट्सको जटिलतालाई ७० प्रतिशतले घटाएर थप उत्पादनहरूलाई एकताबद्ध गर्न निसानले ३ हजार अनुसन्धान तथा विकास कर्मचारीहरूलाई जिम्मेवारी दिएको छ ।
निसानले नयाँ मोडलहरूको लागि रेनोसँग सहकार्य गरिरहेको छ भने थप नयाँ उत्पादनहरूको लागि मित्सुबिशी सँगको साझेदारीलाई बलियो बनाउँदै लगेको छ । होन्डासँगको मर्जर प्रयास असफल भएपछि निसान अव आफ्नै बलमा बाँच्ने उपायहरू खोजिरहेको छ ।
कुनै समय नेपाली सडकमा सेडान कारको उपस्थिति निकै नै बाक्लो देखिन्थ्यो ।...
काठमाडौं – नेपालमा निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटोकर्पले...
काठमाडौं– नयाँ वर्ष २०८१ को अवसरमा निसानको नयाँ गाडी खरिद गर्दा ६ लाखसम्म...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...