निसान टेक्टनको निर्यात सुरु, नेपाल, भुटान र दक्षिण अफ्रिका पठाइयो पहिलो ब्याच
काठमाडौं–निसानले भारतमा निर्मित आफ्नो नयाँ एसयूभी ‘टेक्टन’ को...
निसानले आफ्नो नयाँ एसयूभी टेकटनको भारतभर डेलिभरी सुरु गरेको छ । यो एसयूभी नेपालमा आगामी नाइमा नेपाल मोबिलिटी एक्सपोमार्फत औपचारिक रूपमा लन्च हुने तयारीमा छ । निसानको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटो कर्पले टेकटन लन्च हुने पुष्टि गरेको हो ।
कम्पनीले यसलाई भिसिया, एसेन्टा, एन–कनेक्टा, टेकना र टेकना+ गरी कुल पाँच वटा भेरियन्टमा उतारेको छ । निकै आधुनिक र प्रिमियम इन्टेरियर उपलब्ध गराइएको यस एसयूभीमा १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र १०.१ इन्चको सेन्ट्रल टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम राखिएका छन् ।
साथै, चालक र यात्रीको सहजताका लागि टेकटनमा प्यानोरामिक सनरुफ, वायरलेस फोन चार्जर, पावर गरिएको टेलगेट र सिक्स वे एड्जस्टेवल भेन्टिलेटेड फ्रन्ट सिट जस्ता उच्चस्तरीय फिचरहरू पनि प्रदान गरिएको छ । निसानले टेकटनमा १.० लिटर थ्री सिलिन्डर टर्बो–पेट्रोल र १.३ लिटर, फोर सिलिन्डर टर्बो–पेट्रोल इन्जिन विकल्प दिएको छ ।
नाइमा नेपाल मोबिलिटी एक्सपोमा आयोजना हुने यसको भव्य लन्चसँगै नेपालका ग्राहकहरूले यो प्रिमियम र फिचर–प्याक्ड एसयूभीलाई प्रत्यक्ष अवलोकन तथा बुकिङ गर्न पाउनेछन् ।
नेपाली बजारमा प्रवेश गरेपछि टेकटनले हुन्डाई क्रेटा, किया सेल्टोस र मारुति सुजुकी ग्रान्ड भिटारा जस्ता चर्चित एसयूभीहरूसँग सिधा प्रतिस्पर्धा गर्नेछ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...