नाइमाद्वारा रसुवा बाढी प्रभावितका लागि ५० लाख रुपैयाँ सहयोग
काठमाडौं – नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स...
काठमाडौं–निसान गाडीको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटो कर्पले नयाँ प्रिमियम एसयूभी टेकटन आगामी अगस्ट ११ मा आधिकारिक रूपमा सार्वजनिक गर्ने भएको छ ।
काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाइमा मोबिलिटी एक्स्पो २०२६ को अवसर पारेर यो नयाँ मोडल नेपाली बजारमा लन्च गर्न लागिएको हो । गत जुलाई ९ मा भारतको मुम्बईमा सम्पन्न ग्लोबल प्रिमियरपछि दक्षिण एसियाली बजारलाई लक्षित गर्दै यो गाडी नेपाल ल्याउन लागिएको कम्पनीले जनाएको छ ।
निसानको प्रसिद्ध फ्ल्यागशिप गाडी निसान प्याट्रोलबाट प्रेरित भई डिजाइन गरिएको टेकटनले कम्पनीको ७५ वर्ष लामो एसयूभी विरासतलाई निरन्तरता दिएको छ । ‘डिजाइन्ड टु डिसरप्ट’ अवधारणामा आधारित यस गाडीमा बोल्ड तथा मस्कुलर डिजाइन, आकर्षक बडी लाइन, सिग्नेचर सी–सेप्ड एलइडी लाइटिङ र होरिजन्टल फ्रन्ट डिटेलिङ समावेश गरिएको छ । सहरी सडकदेखि अप्ठ्यारा पहाडी बाटोहरूसम्म उत्कृष्ट कार्यक्षमता देखाउने गरी यसको बाहिरी बनावट तयार पारिएको छ ।
गाडीको भित्री भागमा टेक–लिंक एचडी इन्फोटेनमेन्ट सिस्टमका साथै वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो जस्ता आधुनिक कनेक्टिभिटी सुविधाहरू उपलब्ध छन् । आरामदायी यात्राका लागि यसमा इलेक्ट्रोनिक पार्किङ ब्रेक, क्रुज कन्ट्रोल, रियर–भ्यू क्यामेरा, ई–शिफ्टर र ७०० लिटर क्षमताको बुट स्पेस दिइएको छ ।
सुरक्षालाई ध्यानमा राख्दै टेकटननमा ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा र इमर्जेन्सी ब्रेकिङ, लेन किप असिस्ट तथा ब्लाइन्ड स्पट वार्निङ जस्ता एडभान्स ड्राइभर असिस्टन्स सिस्टम (एडास) फिचरहरु उपलब्ध गराइएको छ ।
पावरट्रेनका हिसाबले निसान टेकटन टी१६० र टर्बो टी२८० गरी दुई विकल्पमा उपलब्ध हुनेछ, जसले अधिकतम १६३ बीएचपी पावर र २८० एनएम टर्क जेनेरेट गर्दछ । खासगरी टर्बो टी२८० भेरियन्टमा ६ स्पीड वेट–क्लच डीसीटी र ई–शिफ्टर राखिएको छ, जसले चालकलाई सहज गियर परिवर्तन र उत्कृष्ट नियन्त्रणको अनुभव गराउँछ ।
अगस्ट ११ देखि १६ सम्म सञ्चालन हुने एक्स्पोमा सहभागीहरूले भृकुटीमण्डपस्थित निसानको स्टलमा पुगी यो नयाँ गाडीको प्रत्यक्ष अवलोकन र जानकारी लिन सक्नेछन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...