म्याग्नाइट फेसलिफ्ट अक्टोवर ४ मा लन्च हुने

निसानको सर्बाधिक लोकप्रिय सब–कम्प्याक्ट एसयूभी म्याग्नाइट अपडेट भएर आउने भएको छ । कम्पनीले यसको फेसलिफ्ट भर्सनलाई अक्टोवर ४ मा लन्च गर्ने तयारी गरेको हो ।

म्याग्नाइट फेसलिफ्टमा निसानको ग्लोबल लाइनअपका अन्य एसयूभीहरूको जस्तै फ्रेस एक्सटेरियर डिजाइन हुनेछ । यसको केही डिजाइन विवरणहरू भर्खरै भरत एनक्याप क्र्यास टेस्ट भिडियो मार्फत लीक भएको थियो । उक्त भिडियोमा पुनः डिजाइन गरिएको फ्रन्ट ग्रिल, नयाँ हेडल्याम्प क्लस्टरहरू र एल आकारको एलईडी डीआरएल लगायत नयाँ फिचर देखाइएको थियो ।

म्याग्नाइट फेसलिफ्टको इन्टेरियरमा समेत पर्याप्त अपडेड हुने अपेक्षा गरिएको छ । एसयूभीमा पुनः डिजाइन गरिएको ड्यासबोर्ड, सिंगल–पेनल सनरुफ र ६ वटा एयरब्याग लगायत फिचर उपलब्ध हुने अनुमान छ ।

म्याग्नाइट फेसलिफ्टमा हालको मोडलमा जस्तै इन्जिन सेटअप उपलब्ध हुने अपेक्षा गरिएको छ । यसमा १.० लिटर, ३ सिलिन्डर पेट्रोल र १.० लिटर टर्बो पेट्रोल युनिट समावेश छ । यसको नचुरल्लि एस्पिरेटेड इन्जिन ५–स्पीड म्यानुअल तथा ५–स्पीड एएमटी र टर्बोचार्ज्ड इन्जिन ५–स्पीड म्यानुअल तथा सिभिटी विकल्पमा उपलब्ध रहँदै आएको छ ।

सम्बन्धित समाचारहरू

७४ दिनमै नेपालका सडकमा ५७८ निसान म्याग्नाइट

७४ दिनमै नेपालका सडकमा ५७८ निसान म्याग्नाइट

काठमाडौं – नेपालका लागि निसान र ड्याटसनको आधिकारिक विक्रेता पायोनियर...

भोलिदेखि नेपाली बजारमा निसान म्याग्नाइट फेसलिफ्टको बिक्री सुरु हुँदै, यस्तो छ विशेषता

भोलिदेखि नेपाली बजारमा निसान म्याग्नाइट फेसलिफ्टको बिक्री सुरु हुँदै, यस्तो छ विशेषता

काठमाडौं – निसानको वहुप्रतीक्षित एसयूभी म्याग्नाइट फेसलिफ्ट आगामी...

मर्सिडिज बेन्जले निसान छोड्यो, ३२५ मिलियन डलरमा सम्पूर्ण हिस्सा बिक्री

मर्सिडिज बेन्जले निसान छोड्यो, ३२५ मिलियन डलरमा सम्पूर्ण हिस्सा बिक्री

मर्सिडिज बेन्जले निसान मोटरमा रहेको आफ्नो ३.८ प्रतिशत हिस्सा बिक्री गरेको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...