७४ दिनमै नेपालका सडकमा ५७८ निसान म्याग्नाइट
काठमाडौं – नेपालका लागि निसान र ड्याटसनको आधिकारिक विक्रेता पायोनियर...
निसानको सर्बाधिक लोकप्रिय सब कम्प्याक्ट एसयूभी म्याग्नाइट अपडेट भएर आउने भएको छ । जसका लागी कम्पनीले यसको फेसलिफ्ट भर्सनको उत्पादनलाई अन्तिम चरणमा पुर्याएको छ । म्याग्नाईट फेसलिफ्ट यसै वर्षको अन्त्यसम्म लन्च हुने कम्पनीले जनाएको हो ।
म्याग्नाइट फेसलिफ्टमा निसानको ग्लोबल लाइनअपका अन्य एसयूभीहरूको जस्तै फ्रेस एक्सटेरियर डिजाइन हुनेछ । यसको केही डिजाइन विवरणहरू भर्खरै भरत एनक्याप क्र्यास टेस्ट भिडियो मार्फत लीक भएको थियो । उक्त भिडियोमा पुनः डिजाइन गरिएको फ्रन्ट ग्रिल, नयाँ हेडल्याम्प क्लस्टरहरू र एल आकारको एलईडी डीआरएल लगायत नयाँ फिचर देखाइएको थियो ।
म्याग्नाइट फेसलिफ्टको इन्टेरियरमा समेत पर्याप्त अपडेड हुने अपेक्षा गरिएको छ । एसयूभीमा पुनः डिजाइन गरिएको ड्यासबोर्ड, सिंगल–पेनल सनरुफ र ६ वटा एयरब्याग लगायत फिचर उपलब्ध हुने अनुमान छ ।
म्याग्नाइट फेसलिफ्टमा हालको मोडलमा जस्तै इन्जिन सेटअप उपलब्ध हुने अपेक्षा गरिएको छ । यसमा १.० लिटर, ३ सिलिन्डर पेट्रोल र १.० लिटर टर्बो पेट्रोल युनिट समावेश छ ।
यसको नचुरल्लि एस्पिरेटेड इन्जिन ५–स्पीड म्यानुअल तथा ५–स्पीड एएमटी र टर्बोचार्ज्ड इन्जिन ५–स्पीड म्यानुअल तथा सिभिटी विकल्पमा उपलब्ध रहँदै आएको छ ।
काठमाडौं – नेपालका लागि निसान र ड्याटसनको आधिकारिक विक्रेता पायोनियर...
जापानी अटोमोबाइल निर्माता होन्डा, निसान र मित्सुबिशीले व्यापार एकीकरणमा...
काठमाडौं – मेगा मोटर्सले आज एकै दिन १७ युनिट निसान गाडी ग्राहकलाई...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...