निसानले विद्युतीकरणमा १८ अर्ब डलर लगानी गर्ने, २३ हाइब्रिड र १५ विद्युतीय कार विकास गर्ने

निसानले अर्बौँ लागतको विद्युतीयकरण योजना अघि सारेको छ । एक दशकअघि अमेरिकामा लिफ विद्युतीय कार बजार ल्याएको कम्पनीले सन् २०३० सम्म २३ हाइब्रिड र १५ पूरै विद्युतीय मोडलका कार विकास गर्न १८ अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको हो । कम्पनीले यसको नाम ‘निसान एम्बिसन २०३०’ राखेको छ ।

‘सामाजिक आवश्यकतालाई सम्बोधन गर्न कम्पनीहरुको भूमिका अत्यन्त बढेको छ । निसान महत्वाकांक्षा २०३० सँगै हामी विद्युतीयकरणको नयाँ युग हाँक्न चाहन्छौाँ, उन्नत प्रविधिद्वारा कार्बन उत्सर्जन घटाउन र नयाँ व्यावसायिक अवसर खोजी गर्न चाहन्छौँ । हामी निसानलाई दिगो कम्पनीका रुपमा निसानको रुपान्तरण चाहन्छौँ जुन समाज र ग्राहकले पनि चाहिरहेको छ’, निसानका प्रमुख कार्यकारी अधिकृत माकोतो उचिदाले भने ।

सोमबार अनलाइन माध्यमबाट यो योजना सार्वजनिक गरिएको फक्स बिजनेसले जनाएको छ । कम्पनीले उक्त अवधिमा ५० प्रतिशत निसानका सवारीसाधनलाई विद्युतीयकरण गर्ने बताएको छ । युरोपमा यस्तो दर ७५ प्रतिशत, जापानमा ५५ प्रतिशत, चीनमा र अमेरिकामा ४० प्रतिशत सन् २०२६ सम्म पूरा गर्ने कम्पनीको दाबी छ । कम्पनीले यसका लागि सन् २०२८ सम्म सोलिड स्टेट ब्याट्री प्रयोगको लक्ष्य पनि तोकेको छ । यसले लागत, तौल र चार्जिङ समय घटाउने अपेक्षा छ ।

यद्यपि कम्पनीले नयाँ मोडलको भने घोषणा नगरेको बतााइएको छ । तर धेरै अवधारणाको खुलासा भने गरेको छ । जसमा विद्युतीय पिकअप सर्फ आउट र म्याक्स आउट कन्भर्टिबल स्पोट्र्स कार छन् । यो अवधिमा निसानले वार्षि ब्याट्री उत्पादन क्षमता १३० गिगावाट आवर्स पु-याउने बताएको छ । त्यही अवधिमा यताा टोयोटाले २०० गिगावाट आवर्स पु-याउन साढे १३ अर्ब अमेरिकी डलर लगानी गर्ने घोाषणा गरिसकेको छ ।

निसानको नयाँ अमेरिकी बजारलक्षित कार एरिया एसयूभी सन् २०२२ को अन्त्यतिर अमेरिकामा बिक्री हुनसक्नेछ । यसको सुरुवाती मूल्य ४७ हजार एक सय २५ अमेरिकी डलर हुनेछ । 

सम्बन्धित समाचारहरू

रिडारा आरडी६ पिकअपले जित्यो २०२५ को सर्वश्रेष्ठ ईभी पिकअप अवार्ड

रिडारा आरडी६ पिकअपले जित्यो २०२५ को सर्वश्रेष्ठ ईभी पिकअप अवार्ड

जिली होल्डिङ समूहको रिडारा आरडी६ पिकअपले २०२५ को सर्वश्रेष्ठ ईभी पिकअप...

पोखरामा चल्दै दिपल, सेरेस र नामी ईभीको ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’

पोखरामा चल्दै दिपल, सेरेस र नामी ईभीको ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’

पोखरा – दिपल, सेरेस र नामी ईभीको नेपाली वितरक एमएडब्लु वृद्धिले पोखरामा...

हाइड्रो एक्स्पोको अवसरमा गरियो ईभी -याली

हाइड्रो एक्स्पोको अवसरमा गरियो ईभी -याली

काठमाडौं – चौंथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु भएको छ । सो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...