निसान म्याग्नाइटको मूल्य ३ प्रतिशत बृद्धि हुँदै, नेपालमा कति ?

काठमाडौं– जापनिज अटो निर्माता निसानले जनवरी १, २०२६ देखी भारतीय बजारमा म्याग्नाइटको मूल्य ३ प्रतिशतले बृद्धि गर्ने घोषणा गरेको छ ।

म्याग्नाइट हाल भारतमा बिक्रीमा रहेको ब्रान्डको एक मात्र मोडेल हो । यसको मूल्य ५ लाख ६२ हजार भारु निर्धारण गरिएकोमा ३२ हजार भारु हाराहारीले बढ्ने अनुमान गरिएको छ ।

निसानले २०२६ मा दुई नयाँ एसयूभी लन्च गर्ने तयारी गरिरहेको छ, जसको सुरुवात रेनो ट्राइबरमा आधारित बी–सेगमेन्ट एसयूभी ग्राभाइटबाट हुनेछ । ग्राभाइटलाई निसानले अर्को महिना लन्च गर्ने योजना बनाएको छ ।

त्यसैगरी, फेब्रुअरीमा ५ सिटर मिडसाइज एसयूभी टेकटन डेब्यू हुनेछ । सो नयाँ एसयूभीले हुन्डाई क्रेटा, किया सेल्टोस, मारुति भिक्टोरिस र टाटा कर्भ जस्ता कारहरूसँग प्रतिस्पर्धा गर्नेछ । टेकटनलाई कम्पनीले आगामी रेनो डस्टरको प्लेटफर्म सेयर गरी उत्पादन गर्न लागेको हो । सो नयाँ एसयूभी ७ सिटर संस्करण समेत उपलब्ध हुने अनुमान गरिएके छ ।

भारतीय बजारमा हुने मूल्य बृद्धिले म्याग्नाइटलाई नेपाली बजारमा समते प्रभाव पर्नेछ । भारतमा ३२ हजार भारु बृद्धि हुँदा नेृपालमा १ लाख ५० हजार रुपैयाँसम्मले महंगो पर्ने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

१ युरोमा निसानले बेच्यो रुसमा रहेको आफ्नो कम्पनी

१ युरोमा निसानले बेच्यो रुसमा रहेको आफ्नो कम्पनी

जापानी अटो कम्पनी निसानले रुसी बजार छाड्ने निर्णय गरेको छ । निसानले आफ्नो...

‘इन्टिलिजेन्ट’ फिचरले सुसज्जित सेकेन्ड जेनेरेशन लिफ, यस्तो छ रेन्ज र पर्फमेन्स

‘इन्टिलिजेन्ट’ फिचरले सुसज्जित सेकेन्ड जेनेरेशन लिफ, यस्तो छ रेन्ज र पर्फमेन्स

काठमाडौं– जापनिज अटो निर्माता निसानले १३ वर्षअघि बजारमा ल्याएको लीफ अहिले...

रेनो निसानले २ वटा इलेक्ट्रिक कारसहित ६ वटा कार लन्च गर्ने

रेनो निसानले २ वटा इलेक्ट्रिक कारसहित ६ वटा कार लन्च गर्ने

भारतमा निसान र रेनोको सहकार्य अझै बलियो हुने भएको छ । निसान र रेनोले २ वटा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...