नाइमा नेपाल मोबिलिटी एक्सपोमा सार्वजनिक हुँदै निसान टेक्टन, के छन् विशेषता ?

काठमाडौं – नेपालका लागि निसानको आधिकारिक वितरक पायोनियर मोटोकर्प प्रालिले विश्व बजारमा हालै सार्वजनिक गरिएको अल न्यु निसान टेक्टनलाई नेपालमा पहिलो पटक नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ मार्फत सार्वजनिक गर्न लागेको छ। उक्त प्रदर्शनी अगस्ट ११ देखि १६, २०२६ अर्थात साउन २६ देखि ३१ सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ।

विश्वव्यापी रूपमा ९ जुलाई २०२६ मा सार्वजनिक गरिएको निसान टेक्टन निसानको नयाा प्रिमियम एसयूभी हो, जसले कम्पनीको एसयूभी लाइनअपमा महत्वपूर्ण रूपमा स्थान बनाएको छ। आकर्षक डिजाइन, प्रिमियम सुविधा, अत्याधुनिक प्रविधि तथा उत्कृष्ट कार्यसम्पादनको संयोजनसहित टेक्टनले नेपालका ग्राहकलाई निसानको नयाा अनुभव प्रदान गर्ने अपेक्षा गरिएको कम्पनीको भनाइ छ।

निसान प्याट्रोलबाट प्रेरित टेक्टनले निसानको ७५ वर्ष लामो एसयूभी विरासतलाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ। आकर्षक बडी लाइन, मस्कुलर डिजाइन, सिग्नेचर सी–आकारका एलईडी हेडल्याम्प तथा प्रभावशाली रोड प्रेजेन्सले यसलाई जहाँ पुगे पनि सबैको ध्यान आकर्षित गर्ने एसयूभी बनाएको छ।

टेक्टनमा शतप्रतिशत टर्बोचार्ज्ड टर्बो टी१६० पावरट्रेन उपलब्ध रहेको छ, जसले शक्तिशाली कार्यसम्पादन, उत्कृष्ट एक्सेलेरेसन तथा इन्धन दक्षता प्रदान गर्दछ। फराकिलो क्याबिन, उत्कृष्ट बुट स्पेस तथा दैनिक प्रयोगदेखि लामो यात्रासम्म सहज बनाउने व्यावहारिक सुविधाले यसलाई पारिवारिक तथा साहसिक यात्राका लागि उपयुक्त एसयूभी बनाएको छ।

सुरक्षाका दृष्टिले पनि टेक्टन अत्याधुनिक प्रविधिले सुसज्जित रहेको छ। यसमा स्ट्यान्डर्ड रूपमा ६ वटा एयरब्याग, उच्च–शक्तिको स्टिल बडी स्ट्रक्चर तथा एडेप्टिभ क्रुज कन्ट्रोल, अटोनोमस इमर्जेन्सी ब्रेकिङ, लेन किप असिस्ट, ब्लाइन्ड स्पट वार्निङ र ३६० डिग्री क्यामेरा प्रणाली लगायतका उन्नत एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडास) समावेश गरिएका छन्। त्यसैगरी, गुगल बिल्ट–इन प्रविधिको माध्यमबाट गुगल म्याप्स, गुगल असिस्टेन्स लगायतका स्मार्ट कनेक्टिभिटी सुविधाले यात्रालाई अझ सहज, सुरक्षित र आधुनिक बनाउनेछ।

नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ मा आउने आगन्तुकहरूले अल न्यु निसान टेक्टनलाई नजिकबाट अवलोकन गर्ने, यसका विशेषता तथा प्रविधिबारे जानकारी लिने तथा निसानका प्रतिनिधिसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने अवसर प्राप्त गर्नेछन्।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...