नाइमा एक्सपोमा प्रदर्शन हुने अपेक्षा गरिएको निसान टेक्टन भारतमा लन्च

निसानले भारतीय बजारमा नयाँ मिड साइज एसयूभी निसान टेक्टन लन्च गरेको छ। यसले हुन्डाई क्रेटा, किया सेल्टोस, रेनो डस्टर, मारुती सुजुकी भिक्टोरिस र फक्सवागन टिगुआनसँग प्रतिस्पर्धा गर्नेछ।

कम्पनीले निसान टेक्टनलाई भिसिया, भिसिया प्लस, असेन्टा, एन–कनेक्टा, टेकना र टेकना प्लस गरी ६ भेरिएन्टमा बजारमा ल्याएको छ। यसको मूल्य १० लाख ४९ हजार भारुदेखि १८ लाख ५९ हजार भारुसम्म निर्धारण गरिएको छ। यसको डेलिभरी जुलाई २० देखि सुरु हुनेछ।

नयाँ टेक्टन दुईवटा टर्बो पेट्रोल इन्जिन विकल्पमा उपलब्ध हुनेछ। पहिलो १.० लिटर, ३ सिलिन्डर टर्बो पेट्रोल इन्जिनले १०० हर्सपावर र १६६ एनएमको टर्क उत्पादन गर्छ, जसमा ६ स्पिडको म्यानुअल गियरबक्स उपलब्ध छ। दोस्रो १.३ लिटर, ४ सिलिन्डर टर्बो पेट्रोल इन्जिनले १६३ हर्सपावर र २८० एनएमको टर्क उत्पादन गर्छ । सो इन्जिन ६ स्पिडको म्यानुअल र ६ स्पिडको ड्युअल क्लच अटोमेटिक गियरबक्स दुवै विकल्पमा उपलब्ध गराइएको छ।

नयाँ टेक्टनको फ्रन्टमा दुईवटा क्रोम पट्टीले घेरिएको फराकिलो ग्रिल, एलईडी हेडलाइट र सी आकारका एलईडी डे टाइम रनिङ लाइट दिइएको छ। साइडबाट हेर्दा यो नयाँ डस्टरसँग मिल्दोजुल्दो देखिन्छ । यसमा १८ इन्चको मल्टी स्पोक अलोय ह्विल दिइएको छ ।

फिचरको रुपमा यसमा १०.१ इन्चको डिजिटल ड्राइभर डिस्प्ले, १०.२५ इन्चको फुल डिजिटल ठुलो इन्फोटेनमेन्ट सिस्टम, एन्ड्रोइड अटो र एप्पल कारप्ले कनेक्टिभिटी, प्यानोरोमिक सनरुफ, वायरलेस मोबाइल चार्जर, भेन्टिलेटेड, सिक्स वे एडजस्ट फ्रन्ट सिट र अटोमेटिक टेलगेट समावेश गरिएको छ ।

भारतको नयाँ एनक्याप क्रयास टेस्टमा सो गाडीले ५ स्टार सेफ्टी रेटिङ प्राप्त गरेको छ। सेफ्टीका लागि यसमा ६ वटा एयरब्याग, लेभल २ एडास सिस्टम, ३६० डिग्री क्यामेरा, फ्रन्ट र रियर पार्किङ सेन्सर र इलेक्ट्रोनिक पार्किङ ब्रेकजस्ता फिचर उपलब्ध गराइएको छ।

निसान टेक्टन आगामी साउन २६ देखि प्रारम्भ हुने नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ मा नेपालमा समेत प्रदर्शन हुने अपेक्षा गरिएको छ । नेपालका लागि निसानको आधिकारिक वितरक पायोनियर मोटोकर्पले सो गाडी एक्सपोमा उपलब्ध गराउने प्रयास गर्ने बताएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...