निसान म्याग्नाइट १ लाख युनिट बिक्री, निसान वान प्लेटफर्म लन्च
जापानी कार निर्माता कम्पनी निसानले म्याग्नाइट एसयूभीले भारतमा लन्च...
निसान मोटर इन्डियाले आफ्नो नयाँ एसयूभी निसान टेक्टन सी भारतीय बजारमा लन्च गर्ने तयारी गरेको छ। कम्पनीले यसको औपचारिक घोषणा गरिसकेको छ र हाल भारतका विभिन्न सहरमा यसलाई परीक्षण गरिएको छ । सो मोडलले हुन्डाई क्रेटा, किया सेल्टोस, सुजुकी ग्रान्ड भिटारा, अर्बन क्रुजर, एलिभेट, एस्टर, कुशाक, ताइगुन, एयरक्रस र बासाल्ट जस्ता लोकप्रिय सी-सेगमेन्ट एसयूभीसँग प्रतिस्पर्धा गर्नेछ।
निसान टेक्टनलाई बक्सी र अपराइट लुकसहित डिजाइन गरिएको छ । यसको क्ल्यामशेल बोनट, फराकिलो रियर ह्विल आर्च, मस्कुलर बडी क्ल्याडिङ, कनेक्टेड एलईडी डीआरएल र टेललाइट तथा क्रोम ग्रिल हाइलाइटले यसको डिजाइनलाई थप आकर्षक बनाएको छ । सो एसयूभीमा २२५ सेक्शन टायर सहित १८-इन्चको अलोय ह्विल जडान गरिनेछ । लोअर भेरिएन्टमा पनि १७-इन्चको स्टील ह्विल र समान टायर साइज उपलब्ध हुनेछ।
निसान टेक्टनको इन्टेरियर अत्यन्तै प्रिमियम बनाइएको छ । यसमा ठुलो इन्फोटेनमेन्ट टचस्क्रिन, फुल डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, स्टेयरिङ-माउन्टेड अडियो र क्रुज कन्ट्रोल जस्ता सुविधा हुनेछ । निसान टेक्टन रेनो-निसानको साझा सीएमएफ-बी प्लेटफर्ममा आधारित हुनेछ। यसमा पेट्रोल र बलियो हाइब्रिड इन्जिन दुवै विकल्प उपलब्ध हुनेछ । यसको टप भेरिएन्टमा अल ह्विल ड्राइभ सिस्टम पनि दिइनेछ ।
कम्पनीले भविष्यमा निसान टेक्टनको ७ सीटर संस्करण पनि ल्याउने योजना बनाइरहेको छ, जसले हुन्डाई अल्काजार र किया क्यारेन्स जस्ता एसयूभीसँग प्रतिस्पर्धा गर्नेछ। यो रेनो डस्टरको बोरियल प्लेटफर्ममा आधारित हुनेछ र ६-सीटर क्याप्टेन सिट विकल्प पनि प्रस्ताव गरिने सम्भावना छ।
निसान मोटर इन्डियाले आफ्नो सी-सेगमेन्ट एसयूभी लाइनअपलाई पुनः परिभाषित गर्ने उद्देश्यले टेक्टनलाई २०२६ मा बजारमा उतार्ने तयारी गरेको छ। सोही वर्ष रेनो डस्टरको नयाँ पुस्ता पनि लन्च हुनेछ। त्यसपछि एक वर्षभित्र टेक्टनको ७-सीटर संस्करण आउने अपेक्षा गरिएको छ।
जापानी कार निर्माता कम्पनी निसानले म्याग्नाइट एसयूभीले भारतमा लन्च...
निसानले भारतीय बजारमा इन्ट्री लेभल एसयूभी सेगमेन्टमा म्याग्नाइटको...
जापनिज अटो निर्माता निसान अहिले गम्भिर आर्थिक समस्यामा परेको छ । आफ्नो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...