साउन १२ देखी निशानको देशव्यापी सर्भिस क्याम्प, स्पेयर पार्ट्समा छुट र अन्य सुविधा पनि

निशान गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्पले देशव्यापी सर्भिस क्याम्प आयोजना गर्ने भएको छ । साउन १२ देखी १५ गतेसम्म आयोजना हुने उक्त क्याम्प निशान गाडीको देशभर रहेका आधिकारिक सर्भिस सेन्टरमा गर्न लागीएको हो ।

गाडीको ९० प्वाइन्ट निशुल्क चेकजाँक गरिने व्यवस्था मिलाइएको सो क्याम्पमा ग्राहकले गाडीको मर्मतसम्भार गराउँदै प्रयोग हुने स्पेयर पार्ट्समा २० प्रतिशतसम्मको छुट पाउनेछन् । यसैगरी निशुल्का वास, लेवर चार्जमा २० प्रतिशत छुट, सर्भिस पार्टसमा १० प्रतिशत छुट, सस्पेन्सन र ट्रान्समिसनमा १५ प्रतिशत तथा एसेसोरिजमा २० प्रतिशतसम्म छुटको व्यवस्था मिलाइएको कम्पनी स्रोतले बताएको छ ।

नेपाली बजारमा निशानको म्याग्नाइट, किक्स, नभरा, एक्स–ट्रायल, टेरानो र पेट्रोल लगायत मोडलका गाडीहरुको कारोबार भैरहेको छ । पायोनियर मोटोकर्पले केही समययता विद्युतिय कार लिफको समेत आयत गरी कारोवार गरिरहेको छ । गाडीको बिक्री र विक्रीपछिको सेवा उपलब्ध गराउन कम्पनीले देशका १ दर्जन बढि स्थानमा डिलर नेटवर्क बिस्तार गरेको छ ।

सम्बन्धित समाचारहरू

मेगा मोटर्सका तीन सोरुममा एक्सचेन्ज क्याम्प प्रारम्भ : गाडीमा ४ लाख सम्म नगद छुट

मेगा मोटर्सका तीन सोरुममा एक्सचेन्ज क्याम्प प्रारम्भ : गाडीमा ४ लाख सम्म नगद छुट

काठमाडौं – निसान र ड्याटसन गाडीको नेपालका लागि आधिकारिक वितरक पायोनियर...

भारतमा होन्डा र निसानविच साझेदारी हुँदै

भारतमा होन्डा र निसानविच साझेदारी हुँदै

निसानले भारतमा होन्डासंग साझेदारी गर्न लागेको खुलासा भएको छ । निसानका...

जापानको दोस्रो ठूलो अटो उत्पादक निसान : यी हुन् जान्नै पर्ने तथ्यहरु

जापानको दोस्रो ठूलो अटो उत्पादक निसान : यी हुन् जान्नै पर्ने तथ्यहरु

जापनिज अटोमोबाइल ब्रान्ड निसान निकै पुरानो विरासत वोकेको कम्पनी हो । यो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...