१ युरोमा निसानले बेच्यो रुसमा रहेको आफ्नो कम्पनी

जापानी अटो कम्पनी निसानले रुसी बजार छाड्ने निर्णय गरेको छ । निसानले आफ्नो व्यवसाय रुसी सरकारी स्वामित्व रहेको एनएएमआईलाई मात्र १ युरोमा हस्तान्तरण गर्ने निर्णय गरेको छ । सो निर्णय पछि निसानलाई ६८७ मिलियन घाटा हुने भएको छ ।

यो कदम कम्पनीले रुसमा उत्पादन बन्द गर्न बाध्य भएको महिनौं पछि आएको हो । रूसले यस वर्ष फेब्रुअरीमा युक्रेनमा आक्रमण गरेपछि निसान रूसबाट बाहिरिने पछिल्लो कम्पनी बनेको छ । जापानी कार ब्रान्ड मित्सुबिशीले पनि रुसी बजारबाट बाहिरिने विचार गरिरहेको निक्केई एसियाले दाबी गरेको छ ।

निसानले सेन्ट पिटर्सबर्गमा रहेको आफ्नो निर्माण प्लान्ट हस्तान्तरण गर्नेछ । फ्रान्सेली अटोमेकरले यस वर्ष मे महिनामा रुसी कार निर्माता एभटोभाजको आफ्नो शेयर एक रूसी लगानीकर्तालाई बेचेको थियो । जसलाई रुस–युक्रेन युद्धको प्रभावका रूपमा पनि लिइएको थियो ।

रुस–युक्रेन युद्धको कारण निसानले यस वर्षको मार्चमा सेन्ट पिटर्सबर्ग प्लान्टमा उत्पादन रोकेको थियो । त्यस बेलादेखि नै निसानले रुसी बजारको अवस्थाको अनुगमन गरिरहेको बताइएको छ । जसले निसानलाई रूसी बजारबाट बाहिरिने निर्णय गर्न प्रेरित गरेको थियो ।

सम्बन्धित समाचारहरू

३ लाख रुपैयाँ सम्मले महंगो भयो निशान म्याग्नाइट

३ लाख रुपैयाँ सम्मले महंगो भयो निशान म्याग्नाइट

नीशानको सर्वाधिक लोकप्रिय सव फोर मिटर एसयूभी म्याग्नाइटको मूल्य नेपाली...

थप चार फिचर सहित उही मूल्यमा चेरी टिग्गो ४प्रो उपलब्ध

थप चार फिचर सहित उही मूल्यमा चेरी टिग्गो ४प्रो उपलब्ध

काठमाडौं – नेपाली बजारमा उपलब्ध चेरी टिग्गो फोरप्रो थप फिचर सहित उही...

परिक्षणका क्रममा देखियो नयाँ निशान किक्स, अर्को वर्ष लन्च हुने

परिक्षणका क्रममा देखियो नयाँ निशान किक्स, अर्को वर्ष लन्च हुने

जापजिनट अटो निर्माता निशानले ६ वर्षपछि किक्सलाई नयाँ अवतारमा ल्याउन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...