सिंगल चार्जमा ४ सय किमी गुड्ने निसान लिफ नेपाल आउने पक्का, आयो टिजर
काठमाडौं – निसानको बहुप्रतीक्षित इलेक्ट्रिक कार निसान लिफ नेपाली बजारमा...
जापानी अटो कम्पनी निसानले रुसी बजार छाड्ने निर्णय गरेको छ । निसानले आफ्नो व्यवसाय रुसी सरकारी स्वामित्व रहेको एनएएमआईलाई मात्र १ युरोमा हस्तान्तरण गर्ने निर्णय गरेको छ । सो निर्णय पछि निसानलाई ६८७ मिलियन घाटा हुने भएको छ ।
यो कदम कम्पनीले रुसमा उत्पादन बन्द गर्न बाध्य भएको महिनौं पछि आएको हो । रूसले यस वर्ष फेब्रुअरीमा युक्रेनमा आक्रमण गरेपछि निसान रूसबाट बाहिरिने पछिल्लो कम्पनी बनेको छ । जापानी कार ब्रान्ड मित्सुबिशीले पनि रुसी बजारबाट बाहिरिने विचार गरिरहेको निक्केई एसियाले दाबी गरेको छ ।
निसानले सेन्ट पिटर्सबर्गमा रहेको आफ्नो निर्माण प्लान्ट हस्तान्तरण गर्नेछ । फ्रान्सेली अटोमेकरले यस वर्ष मे महिनामा रुसी कार निर्माता एभटोभाजको आफ्नो शेयर एक रूसी लगानीकर्तालाई बेचेको थियो । जसलाई रुस–युक्रेन युद्धको प्रभावका रूपमा पनि लिइएको थियो ।
रुस–युक्रेन युद्धको कारण निसानले यस वर्षको मार्चमा सेन्ट पिटर्सबर्ग प्लान्टमा उत्पादन रोकेको थियो । त्यस बेलादेखि नै निसानले रुसी बजारको अवस्थाको अनुगमन गरिरहेको बताइएको छ । जसले निसानलाई रूसी बजारबाट बाहिरिने निर्णय गर्न प्रेरित गरेको थियो ।
काठमाडौं – निसानको बहुप्रतीक्षित इलेक्ट्रिक कार निसान लिफ नेपाली बजारमा...
निसानको सर्बाधिक लोकप्रिय सब–कम्प्याक्ट एसयूभी म्याग्नाइट अपडेट भएर...
टाटा मोटर्सले आफ्नो बहुप्रतिक्षित सिएरालाई यसै वर्षको अन्त्यतिर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...