निशान म्याग्नाइटले पुरा गर्यो ५० हजार युनिट उत्पादनको माइलस्टोन

जापनिज अटो उत्पादक निशानको लोकप्रिय सानो एसयुभी म्याग्नाइटले उत्पादन शुरु भएको २८ महिना अबधीमा ५० हजार युनिट उत्पादनको माइलस्टोन पुरा गरेको छ । यो एसयुभीलाई निशानले सन् २०२० को डिसेम्वर महिनादेखी बिक्री शुरु गरेकोे थियो । सानो एसयुभीमा आकर्षक लुक्स र डिजाइनका साथ अत्याधुनिक फिचर्स दिइएका कारण म्याग्नाइट भारत लगायत अन्य राष्ट्रहरुमा समेत लोकप्रिय बनिरहेको छ । यो एसयुभीको मूल्य समेत निकै प्रतिस्पर्धी रहेको छ ।

नेपाली बजारमा समेत उपलब्ध म्यग्नाइटलाई कम्पनीले विश्वका १५ राष्ट्रमा निर्यात गर्दै आइरहेको छ । माग बढिरहेका कारण यो एसयुभीलाई हात पार्न अझै पनि भारत लगायत अन्य राष्ट्रहरुमा केही समय कुर्नुपर्ने अबस्था रहेको छ । नेपाल भित्रिएको १ बर्ष अबधीमा १ हजार ५ सय युनिट बिक्री भएको यो एसयुभीले ह्याचब्याक कारको बजारलाई नराम्रोसंग प्रभाबित बनाउँदै आइरहेको छ ।

नेपाली बजारमा यो एसयुभी एक्सई, एक्सएल, एक्सभी, एक्सभी प्रिमियम गरी कुल ४ ट्रिम सहित ११ भिन्न भेरिएन्टमा उपलब्ध रहँदै आएको छ । जुन टर्बो र नन् टर्बो इन्जिन अप्समा उपलब्ध छ । सबैभन्दा माथिललो भेरिएन्टमा एलईडी डीआरएलसहितको बाई–प्रोजेक्टर हेडल्याम्प, १६ इन्चको डायमन्ड कट अलोय ह्विल, इलेक्ट्रिकल्ली एड्जस्टेबल र फोल्डेबल विङ मिरर, रुफरेलका साथै फ्रन्ट र रियर फक्स स्किड प्लेट लगायतका विभिन्न इक्विपमेन्ट उपलब्ध छन् ।

त्यसैगरी यसमा ८.० इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम छ, जसमा सेगमेन्ट फस्र्ट वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटी छ । इन्स्ट्रयुमेन्ट क्लस्टरका लागि ७.० इनच टीएफटी डिस्प्ले छ । यी वाहेक भ्वाइस रिकग्निसन टेक्नोलोजी, पुस बटन स्टार्ट, क्रुज कन्ट्रोल, ३६० डिग्री अराउन्ड भ्यु क्यामेरा, टायर प्रेसर मोनिटर र इन्टेरियरमा सबै ब्ल्याक थिम रहेको छ ।

निसान म्याग्नाइट दुई इन्जिन अप्सनमा उपलब्ध छ । पहिलो १.० लिटर थ्री सिलिन्डर नेचुरल्ली एस्पिरेटेड इन्जिनले ७२ एचपी पावर र ९८ एनएम टर्क तथा अर्को टर्बो पेट्रोल इन्जिनले १०० एचपी पावर र १६० एनएम टर्क जेनेरेट गर्छ । यो म्यानुअल र सिभिटी ट्रान्समिसन अप्सनमा उपलब्ध छ ।

नेपाली बजारमा यसको बेस भेरियन्ट एक्सईको ३१ लाख ९९ हजार, एक्सएल मिडको ३४ लाख ९९ हजार, एक्सभी अपर मोनोको ३७ लाख ९९ हजार, एक्सभी अपर डुअल टोनको ३८ लाख ३४ हजार, एक्सभी प्रिमिय मोनोको ४१ लाख ४९ हजार, एक्सभी प्रिमियम डुअलको ४१ लाख ८४ हजार, एक्सएल मिड टर्बोको ३९ लाख ९९ हजार, एक्सभी अपर मोनो टर्र्बाेको ४२ लाख ९९ हजार, एक्सभी अपर डुअल टर्बोको ४३ लाख ३४ हजार, एक्सभी प्रमियम मोनो टर्बोको ४५ लाख ९९ हजार र एक्सभी प्रिमियम डुअल टर्बोको ४६ लाख ३४ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

सम्बन्धित समाचारहरू

निसान किक्स बन्न सक्छ दशैंको गाडी : फेस्टिभ ड्राइभ अफरमा लिन सकिन्छ यसरी

निसान किक्स बन्न सक्छ दशैंको गाडी : फेस्टिभ ड्राइभ अफरमा लिन सकिन्छ यसरी

निसान गाडीको आधिकारिक बितरक पायोनियर मोटोकर्पले दशैं/तिहार लक्षित...

निसान म्याग्नाइटद्वारा ग्लोबल एनक्याप क्र्यास टेस्टमा ५ सेफ्टी स्टार हासिल

निसान म्याग्नाइटद्वारा ग्लोबल एनक्याप क्र्यास टेस्टमा ५ सेफ्टी स्टार हासिल

निसान इन्डियाले अक्टोबर २०२४ मा नयाँ निसान म्याग्नाइट लन्च गरेको थियो,...

निसान किक्स एसयूभी किन्दा ४ लाख ३० हजारको बेनेली बाइक पाइने

निसान किक्स एसयूभी किन्दा ४ लाख ३० हजारको बेनेली बाइक पाइने

काठमाडौं – निसानको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले निसान...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...