निसान म्याग्नाइट १ लाख युनिट बिक्री, निसान वान प्लेटफर्म लन्च
जापानी कार निर्माता कम्पनी निसानले म्याग्नाइट एसयूभीले भारतमा लन्च...
काठमाडौं– निसान गाडीको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटो कर्पले निसानको ‘ह्याप्पि विद निसान’ सर्भिस अभियानलाई नेपालमा पनि निरन्तरता दिँदै निसानका गाडीहरूको लागि ३ दिने ‘प्रि–विन्टर सर्भिस क्याम्प’ सुरु गरेको छ । नजिकिँदै गरेको वर्षा ऋतु तथा विन्टरको अवसरमा यो विशेष सर्भिस क्याम्प ल्याइएको हो ।
यो क्याम्प मंसिर ३ गतेदेखि ५ गतेसम्म खुमलटारस्थित निशान शोरुममा सञ्चालन भइरहेको छ । ‘प्रि–विन्टर सर्भिस क्याम्प’ अन्तर्गत ग्राहकले निसान गाडीको चेक–अप तथा सर्भिसिङ गर्दा ७ आकर्षक लाभ तथा सुविधा लिन सक्नेछन् ।
यी सुविधाअन्तर्गत ग्राहकहरूले ‘टप वास’ निःशुल्क प्राप्त गर्ने छन् भने लेबर चार्जमा सत् प्रतिशतसम्म छुट (सर्भिसिङमा १०० प्रतिशत छुट, ब्रेक प्याड र ब्रेक सु परिवर्तन गर्दा १०० प्रतिशत छुट, सस्पेन्सन, क्लच, र अन्य पाटपूर्जा आदि परिवर्तन गर्दा ५० प्रतिशत छुट) प्राप्त गर्नेछन् । त्यस्तै निसानको ब्रान्डेड एक्सेसरिजहरूमा २० प्रतिशत छुट पाइनेछ भने १५ प्रतिशत छुट मा ‘बडि सप जब्स’ सुविधा र लुब्रिकेन्टमा १० प्रतिशत छुट प्राप्त गर्न सकिनेछ ।
कम्पनिका अनुसार, यो योजना ग्राहकका निसान गाडीको विशेष छुटका साथ चेक–अप तथा सर्भिसिङ गर्ने अवसर हो । यस क्याम्पअन्तर्गतका सुविधामा केही सर्त लागू हुनेछन् । पायोनियर मोटो कर्पले यस योजना अवधिभर दिइने विभिन्न निःशुल्क सुविधाले ग्राहकलाई विन्टरको लागि तयार रहन मद्दत गर्ने र ग्राहकको गाडी स्वामित्व अनुभवमा सहजता थप्ने विश्वास राखेको बताएको छ ।
कम्पनीले सबै ग्राहकलाई आफ्नो नजिकको चेकपोइन्टमा गएर छुट तथा सुविधाबाट लाभान्वित हुन आह्वान गरेको छ ।
जापानी कार निर्माता कम्पनी निसानले म्याग्नाइट एसयूभीले भारतमा लन्च...
निसानले चीनमा आफ्नो नयाँ इलेक्ट्रिक एसयूभी निसान एनएक्स८ लन्च गरेको छ ।...
आगामी आर्थिक वर्षको बजेटमा सरकारले १५ सय सीसीमाथीका कारमा ७ प्रतिशत...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...