म्याग्नाइटलाई ७ सिटर एमपिभीमा उतार्ने निशानको तयारी

निशानले आफ्नो लोकप्रिय सब फोर मिटर एसयुभी म्याग्नाइटलाई ७ सिटर एमपिभीमा उतार्ने तयारी थालेको छ । हाल कारोबार भैरहेको म्याग्नाइटमा तेस्रो लहर थप गरेर उसले यो एसयुभीलाई ७ सिटरमा उतार्ने तयारी गरेको हो । कार्गो एरियामा बेन्च सिटमात्र थप गर्न लागिएको यसको लुक्स तथा डिजाइनदेखी इन्जिन र पावरट्रेनमा भने कुनै परिवर्तन नहुने जनाइएको छ ।

तेस्रो लहरमा २ वटा सिट थप भएपनि चालकले आफ्नो आबश्यकता अनुसार ती सिटलाई फोल्ड गरेर लगेज राख्न भने मिल्नेछ । उक्त लहरमा जानका लागी यसको दोस्रो लहरको सिटलाई स्प्लिट फोल्ड सहित मोडिफाइ गरिने जनाइएको छ ।

हाल कारोबार भैरहेको एसयुभीमा २ वटा सिट मात्र थप हुने भएपछि यसको मूल्य समेत अन्य ७ सिटरको तुलनामा कम पर्ने आँकलन गरिएको छ । यो एमपिभी बजारमा आइसकेपछि यसले रेनो ट्राइबरको बजार खोस्न सक्ने अनुमान लगाइएको छ ।

सम्बन्धित समाचारहरू

निसानको नयाँ इलेक्ट्रिक एसयूभी एनएक्स८ लन्च, ३० मिनेटमै ८ हजारभन्दा बढी अर्डर

निसानको नयाँ इलेक्ट्रिक एसयूभी एनएक्स८ लन्च, ३० मिनेटमै ८ हजारभन्दा बढी अर्डर

निसानले चीनमा आफ्नो नयाँ इलेक्ट्रिक एसयूभी निसान एनएक्स८ लन्च गरेको छ ।...

निसान म्याग्नाइट १ लाख युनिट बिक्री, निसान वान प्लेटफर्म लन्च

निसान म्याग्नाइट १ लाख युनिट बिक्री, निसान वान प्लेटफर्म लन्च

जापानी कार निर्माता कम्पनी निसानले म्याग्नाइट एसयूभीले भारतमा लन्च...

थापाथलीमा खुल्यो सिट्रोनको सोरुम, १ करोड ३५ लाख मूल्यको सी५ एयरक्रसको खुल्यो बुकिङ

थापाथलीमा खुल्यो सिट्रोनको सोरुम, १ करोड ३५ लाख मूल्यको सी५ एयरक्रसको खुल्यो बुकिङ

काठमाडौं – फ्रेन्च कार निर्माता कम्पनी सिट्रोनको सोरुम काठमाडौंको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...