निसानले ५ सिटर कम्प्याक्ट एसयूभी र नयाँ ७ सिटर बी-एमपीभी सार्वजनिक गर्ने, नेपालमा पनि आउने

निसान मोटर इन्डियाले आफ्नो हालको प्रोडक्ट-लाइनअपमा नयाँ सेभेन-सिटर बी-एमपीभी थप्ने घोषणा गरेको छ । हालसालै जापानको योकोहामामा सम्पन्न ‘ग्लोबल प्रोडक्ट सोकेस इभेन्ट’मा निसानले भारतको लागि लक्षित दुई नयाँ उत्पादनहरू प्रदर्शनसमेत गरेको थियो । यो घोषणा, निसानको भारत बजारको लागि लक्षित योजनाअनुरुप छ, जसअन्तर्गत आफ्ना ग्राहकहरूको बढ्दो आकांक्षाअनुरुप हालका उत्पादनहरूलाई परिमार्जन गरी प्रस्तुत गर्ने योजना रहेको छ । यसअन्तर्गत परिमार्जित गाडीहरू तीव्र गतिमा वृद्धि भइरहेको बी-एमपीभी, सी-एसयूभी जस्ता सेगमेन्टका साथै नयाँ निसान म्यागनाइटले नेतृत्व गरेको बी-एसयूभी सेगमेन्टमा पनि उपलब्ध गराइनेछ । निसानको लागि नेपालको आधिकारिक वितरक पायोनियर मोटोकर्पले नेपाली बजारमा पनि यो लाइन-अप सार्वजनिक गर्ने घोषणा गरेको छ ।

निसानको नयाँ सेभेन-सिटर बी-एमपीभी (मल्टि-पर्पस भेइकल) को पहिलोपटक विश्वव्यापी सार्वजनिक प्रदर्शनसँगै निसानको ‘प्लान्ड प्रोडक्ट-अफेन्सिभ’ रणनीति सुरू भएको छ । उक्त सेभेन-सिटर, निसानको भारतको प्रोडक्ट-पोर्टफोलियोमा नयाँ (ब्रान्ड न्यु) सदस्यको रूपमा थपिने छ, जुन सन् २०२५ को आर्थिक वर्षमा सार्वजनिक गरिने छ ।

त्यसपछि, पहिले नै घोषणा गरिएको फाइभ-सिटर सी-एसयूभी (कम्प्याक्ट स्पोर्ट्स युटिलिटी भेइकल) आर्थिक वर्ष सन् २०२६ को सुरुवातमा सार्वजनिक गरिनेछ । कम्पनीले दुई नयाँ टिजरहरू सार्वजनिक गरेको छ जसले दुवै सवारी साधनहरूको ‘डेभलपमेन्ट र टाइमलाइन’ पुष्टि गर्दछ । बी/सी र डीएसयूभी सेगमेन्टका भारतीय ग्राहकहरूका लागि ४ नयाँ उत्पादनहरू सार्वजनिक गर्ने लक्ष्यतर्फ नै निसान मोटर इन्डिया अघि बढिरहेको छ ।

नयाँ सी-एसयूभी निसान पेट्रोलको डिजाइनबाट प्रेरित छ । यो सी-एसयूभीले प्रतिष्ठित निसान एसयूभीकाे डीएनए प्रस्तुत गर्दै निसानको विश्वव्यापी रूपमा परिचित उच्च विश्वसनीयता, प्रिमियम निर्माणशैली र अत्याधुनिक प्रविधि प्रदान गर्नेछ ।

अर्कोतर्फ निसानको सेभेन-सिटर बी-एमपीभीले आफ्नो खरिदमा अधितकम लाभ खोज्ने ग्राहकहरूलाई उत्कृष्ट मूल्यमा उत्कृष्ट फाइदा, गुणस्तर र सहजता प्रदान गर्नेछ । निसानको बी-एमपीभीले निसानको विशिष्ट डिजाइन फिलोसोफिमा पृथक रहेको ‘मस्कुलर स्टाइलिङ’ प्रस्तुत गर् सवारीको आनन्दमा सम्झौता नगरीकन सबै यात्रुहरूका लागि उत्कृष्ट आराम सुनिश्चित हुनेगरी डिजाइन गरिएको छ ।

भारतको वार्षिक आन्तरिक बिक्री र निर्यात (एनुअल डोमेस्टिक सेल्स एन्ड एक्स्पोर्टस्)मा १ लाख इकाईको महत्त्वाकाङ्क्षी लक्ष्य हासिल गर्ने दिशामा निसान अघि बढिरहेको छ । यस लक्ष्यलाई साथ दिन, कम्पनीले दुवै नयाँ उत्पादनहरू चेन्नइस्थित ‘अलायन्स जेभी प्लान्ट’मा स्थानीय रूपमा नै उत्पादन गर्नेछ ।

नयाँ निसान म्याग्नाइटको सफलतामा आधारित हुँदै, निसानले भारतमै निर्माण गरी विश्वभर निर्यात गरिने नयाँ सी-एसयूभी पनि प्रस्तुत गर्दैछ ।

सम्बन्धित समाचारहरू

साउन १२ देखी निशानको देशव्यापी सर्भिस क्याम्प, स्पेयर पार्ट्समा छुट र अन्य सुविधा पनि

साउन १२ देखी निशानको देशव्यापी सर्भिस क्याम्प, स्पेयर पार्ट्समा छुट र अन्य सुविधा पनि

निशान गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्पले देशव्यापी सर्भिस...

जापान सरकारद्वारा नेपाल एम्बुलेन्स सर्भिसलाई ६ वटा निशान एम्वुलेन्स हस्तान्तरण

जापान सरकारद्वारा नेपाल एम्बुलेन्स सर्भिसलाई ६ वटा निशान एम्वुलेन्स हस्तान्तरण

जापान सरकारले आज नेपाल एम्वुलेन्स सर्भिसलाई ९ करोड बढी मूल्य पर्ने ६ वटा...

१५ देशमा निर्यात हुन थाल्यो भारतमा बनेको निसान म्याग्नाइट : नेपालमा पनि लोकप्रिय

१५ देशमा निर्यात हुन थाल्यो भारतमा बनेको निसान म्याग्नाइट : नेपालमा पनि लोकप्रिय

भारतमा उत्पादन हुने निसान म्याग्नाइट विश्वका १५ देशमा निर्यात हुन थालेको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...