निसान निस्मोको नयाँ लुक सार्वजनिक

जापानी अटोमोबाइल कम्पनी निसानको एसयूभी निस्मोको फेसलिफ्ट मोडल सार्वजनिक गरेको छ । सन् २०१९ सेप्टेम्बरमा पहिलो पटक बजारमा उपलब्ध गराइएको सो एसयूभी करिव १८ महिना पश्चात परिमार्जित रुपमा आएको हो ।

निसान पेट्रोल निस्मो एक अलग बडी किटको साथमा अधिक आक्रामक देखिएको छ । कारको इन्टेरियर र एक्सटेरियरमा रातो रङको प्रयोग गरिएको छ । यसमा २२ इन्चको अलोय ह्वील समावेश गरिएको छ । यसको हाइट पनि पुरानो मोडल भन्दा बढी रहेको छ ।

कारमा स्पोर्ट्स सार्प एलईडी लाइट समावेश गरिएको छ जसले कारलाई आकर्षक लुक दिएको छ । कम्पनीले कारको ग्रिलमा पनि निस्मो ब्याज समावेश गरेको छ ।

सो एसयूभीमा ५.६ लिटर नेचुरली एस्पिरेटेड, भी८ इन्जिन समावेश गरिएको छ । जसले ४२२ बीएचपीको पावर र ५६० एनएमको टर्क जेनेरेट गर्छ । सो इन्जिनलाई ७ स्पिड अटोमेटिक ट्रान्समिसनको साथमा जोडिएको छ । कारको चारैतिर स्थिरता दिनको लागि र कर्नरिङलाई तीव्र बनाउनको लागि सस्पेन्सनमा पनि परिवर्तन गरिएको छ ।

फेसलिफ्ट मोडलको क्याबिनमा दुई स्क्रिन सेटअप गरिएको छ । कम्पनीले रातो र कालो रङको थिम, कार्बन फाइबर एक्सेन्टको जस्तो क्याबिनलाई फरक लुक दिएको छ । कारमा १३ स्पिकरको बोस साउन्ड सिस्टमको साथमा एप्पल कारप्ले र एन्ड्रोइड अटो पनि समावेश गरिएको छ ।

कम्पनीका अनुसार निस्मोमा धेरै प्रकारको सेफ्टी फिचर समावेश गरिएको छ । सो कार नेपालमा भने अहिले नै आउने सम्भावना छैन । सो कार ब्ल्याक, ह्वाइट, सिल्भर र ग्रे कलर भेरिएन्टमा उपलब्ध रहेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...