निसान म्याग्नाइट १ लाख युनिट बिक्री, निसान वान प्लेटफर्म लन्च
जापानी कार निर्माता कम्पनी निसानले म्याग्नाइट एसयूभीले भारतमा लन्च...
निसानले भारतमा लन्च गर्ने तयारी गरेको आफ्नो नयाँ बी–सेगमेन्ट एसयूभीको नाम ग्रेभाइट राख्ने घोषणा गरेको छ । जनवरी २०२६ मा सार्बजनिक गरिने उक्त एसयूभीलाई कम्पनीले मार्च महिनादेखी बिक्री थाल्नो योजना बनाएको छ ।
निसानको आफ्नै सीएमएफ–ए प्लेटफर्ममा आधारित ग्रेभाईट रेनो ट्राइबरजस्तै ४ मिटरभन्दा कमको एमपिभी हो, जसमा ७ जनाले यात्रा गर्न सक्नेछन् । नाम सार्बजनिकसंगै निसानले नयाँ ग्रेभाइटको केही डिजाइन विवरणहरू बाहिर ल्याएको छ ।
एसयूभीमा फराकिलो हेक्सागोनल ग्रिल रहेको छ, जसमा ग्लस कालो फिनिश देखिन्छ । ग्रेभाईटको फ्रन्ट लुक्स ¥यापराउन्ड हेडल्याम्पहरूको सेटले घेरिएको छ जसमा एकीकृत एलईडी डिआरएल र केन्द्रमा क्रोम गार्निश दिइएको छ । बोनेटमा ’ग्रेभाइट’ अक्षरलाई प्रष्टसंग देख्न सकिन्छ ।
ग्रेभाइटको पछाडी स्लिक जे आकारको ब्रेक लाइट र केन्द्रमा क्रोम बारको साथ स्पष्ट लेन्स टेललाइट राखिएका छन् । सिल्भर रङको सी–सेप इन्सर्टले पछाडीको वम्परलाई एकदमै आकर्षक देखाएको छ ।
नयाँ ग्रेभाइटलाई पावर दिने इन्जिनका बारेमा मौन देखिएको निसानले अन्ततः उहि पुरानै १.० लिटर, ३ सिलिन्डर पेट्रोल इन्जिन सेटअपलाई निरन्तरता दिने अनुमान गरिएको छ । जुन ५–स्पीड म्यानुअल र ५–स्पीड एएमटीसँग जोडिएको हुनेछ ।
जापानी कार निर्माता कम्पनी निसानले म्याग्नाइट एसयूभीले भारतमा लन्च...
जापानी अटोमोबाइल निर्माता होन्डा, निसान र मित्सुबिशीले व्यापार एकीकरणमा...
निसानले आफ्नो नयाँ एसयूभी टेक्टन लन्च गर्ने तयारी गरिरहेको छ । लन्च...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...