जापानको दोस्रो ठूलो अटो उत्पादक निसान : यी हुन् जान्नै पर्ने तथ्यहरु
जापनिज अटोमोबाइल ब्रान्ड निसान निकै पुरानो विरासत वोकेको कम्पनी हो । यो...
काठमाडौं– भृकुटीमण्डपमा जारी नाडा अटो शो–२०२३ मा जापनिज ब्रान्ड निसानको तीनवटा नयाँ गाडीले दर्शकलाई आकर्षित गरिरहेको छ । मंगलबार अटो शोको उद्घाट्न कार्यक्रममा म्याग्नाइटको एएमटी भेरिएन्ट, इलेक्ट्रिक कार लिफको सेकेन्ड जेनेरेशन र नभरा प्रो फोर एक्सको लाइफ स्टायल एडिसनलाई आधिकारिक विक्रेता पायोनियर मोटोकर्पल सार्वजनिक गरेको थियो । यी तीनवटै गाडीले अहिले निसाको स्टलमा दर्शकलाई आकर्षित गरिरहेका हुन् ।
नयाँ गाडी सार्वजनिक गर्दै पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक सन्दीप कुमार शारडाले नेपाली ग्राहकहरूको रोजाई र प्राथमिकता अनुरूप आधुनिक मोबिलिटी सोलुसन प्रदान गर्ने प्रतिबद्धताका साथ आफूहरुले नाडा अटो सोमा निसानका नयाँ गाडीहरू प्रदर्शन गरेको वताए । ‘हामीले सार्वजनिक गरेका नयाँ गाडीहरूले विभिन्न फाइदाहरूका साथ ग्राहकको आवश्यकता तथा रोजाई पूरा गर्नुको साथै नयाँ ड्राइभिङ अनुभव प्रदान गर्ने विश्वास लिएका छौँ’ उनले भने ।
कार्यक्रममा निसान इन्डिया र साउथ एसिया व्यापार इकाईका निर्यात प्रमुख रघुनाथले नेपाल निसानका लागि प्रमुख बजार रहँदै आएको वताए । उनले भने, ‘हामी डाइनामिक पर्फमेन्सका साथै सुरक्षा र आरामलाई सुनिश्चित गर्न उत्कृष्ट श्रेणीका कारहरू ल्याउने क्रमलाई भोलिमा दिनमा पनि जारी राख्दै जानेछौ ।’
निसानले छिट्टै नयाँ एक्स–ट्रेल इ–पावर सार्वजनिक गर्न लागेको र यसले सहरको ट्राफिकमा पनि आरामदायी ड्राइभिङ अनुभव प्रदान गर्ने उनले वताए । ‘निसान एक्स–ट्रेलको यो हाइब्रिड इ–पावर संस्करणले उत्कृष्ट कार्यकुशलता, आधुनिक सुविधा र आरामदायी इलेक्ट्रिक ड्राइभिङ अनुभव प्रदान गर्नेछ’ उनले थपे ।
जापनिज अटोमोबाइल ब्रान्ड निसान निकै पुरानो विरासत वोकेको कम्पनी हो । यो...
करोडौं मूल्य र नयाँ प्रविधिका गाडीहरूको बारेमा सुन्नुभएकै होला । तर के...
काठमाडौं – निसानको वहुप्रतीक्षित एसयूभी म्याग्नाइट फेसलिफ्ट आगामी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...