अटो शोमा निसानको नयाँ विशेषताका तीनवटा गाडी सार्वजनिक

काठमाडौं– भृकुटीमण्डपमा जारी नाडा अटो शो–२०२३ मा जापनिज ब्रान्ड निसानको तीनवटा नयाँ गाडीले दर्शकलाई आकर्षित गरिरहेको छ । मंगलबार अटो शोको उद्घाट्न कार्यक्रममा म्याग्नाइटको एएमटी भेरिएन्ट, इलेक्ट्रिक कार लिफको सेकेन्ड जेनेरेशन र नभरा प्रो फोर एक्सको लाइफ स्टायल एडिसनलाई आधिकारिक विक्रेता पायोनियर मोटोकर्पल सार्वजनिक गरेको थियो । यी तीनवटै गाडीले अहिले निसाको स्टलमा दर्शकलाई आकर्षित गरिरहेका हुन् ।

नयाँ गाडी सार्वजनिक गर्दै पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक सन्दीप कुमार शारडाले नेपाली ग्राहकहरूको रोजाई र प्राथमिकता अनुरूप आधुनिक मोबिलिटी सोलुसन प्रदान गर्ने प्रतिबद्धताका साथ आफूहरुले नाडा अटो सोमा निसानका नयाँ गाडीहरू प्रदर्शन गरेको वताए । ‘हामीले सार्वजनिक गरेका नयाँ गाडीहरूले विभिन्न फाइदाहरूका साथ ग्राहकको आवश्यकता तथा रोजाई पूरा गर्नुको साथै नयाँ ड्राइभिङ अनुभव प्रदान गर्ने विश्वास लिएका छौँ’ उनले भने ।

कार्यक्रममा निसान इन्डिया र साउथ एसिया व्यापार इकाईका निर्यात प्रमुख रघुनाथले नेपाल निसानका लागि प्रमुख बजार रहँदै आएको वताए । उनले भने, ‘हामी डाइनामिक पर्फमेन्सका साथै सुरक्षा र आरामलाई सुनिश्चित गर्न उत्कृष्ट श्रेणीका कारहरू ल्याउने क्रमलाई भोलिमा दिनमा पनि जारी राख्दै जानेछौ ।’

निसानले छिट्टै नयाँ एक्स–ट्रेल इ–पावर सार्वजनिक गर्न लागेको र यसले सहरको ट्राफिकमा पनि आरामदायी ड्राइभिङ अनुभव प्रदान गर्ने उनले वताए । ‘निसान एक्स–ट्रेलको यो हाइब्रिड इ–पावर संस्करणले उत्कृष्ट कार्यकुशलता, आधुनिक सुविधा र आरामदायी इलेक्ट्रिक ड्राइभिङ अनुभव प्रदान गर्नेछ’ उनले थपे ।

सम्बन्धित समाचारहरू

मेगा मोटर्सका तीन सोरुममा एक्सचेन्ज क्याम्प प्रारम्भ : गाडीमा ४ लाख सम्म नगद छुट

मेगा मोटर्सका तीन सोरुममा एक्सचेन्ज क्याम्प प्रारम्भ : गाडीमा ४ लाख सम्म नगद छुट

काठमाडौं – निसान र ड्याटसन गाडीको नेपालका लागि आधिकारिक वितरक पायोनियर...

अब सवारी साधन कर्जामा पनि १५० प्रतिशतसम्म जोखिम भार, अटोमोबाइल व्यवसाय थप संकटमा

अब सवारी साधन कर्जामा पनि १५० प्रतिशतसम्म जोखिम भार, अटोमोबाइल व्यवसाय थप संकटमा

काठमाडौं – घरजग्गा, गाडी र सेयर कर्जामा १५० प्रतिशतसम्म जोखिम भार कायम...

१ वर्षमै १४९९ निसान म्याग्नाइट नेपाली सडकमा, किन्न चाहनेले पाउन अझै केही महिना कुर्नुपर्ने

१ वर्षमै १४९९ निसान म्याग्नाइट नेपाली सडकमा, किन्न चाहनेले पाउन अझै केही महिना कुर्नुपर्ने

गत वर्षको फेब्रुअरी २२ अर्थात फागुन १० गते नेपाली बजारमा सार्वजनिक गरिएको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...