निसानका ईभी र अन्य गाडी किन्नका लागि एभरेष्ट बैंकले कर्जा दिने
काठमाडौं – निसानको नेपालका लागि आधिकारिक विक्रेता पायोनियर मोटोकर्प...
काठमाडौं – निसानको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले ‘नयाँ वर्ष, नयाँ सुरुवात, नयाँ यात्रा’ शीर्षकमा विशेष नयाँ वर्ष योजना सार्वजनिक गरेको छ, जसअन्तर्गत ग्राहकहरूले यस सिजनमा निसान म्याग्नाइट खरिद गर्दा आकर्षक अफरहरू प्राप्त गर्न सक्नेछन्।
सीमित अवधिका लागि लागू गरिएको यस योजनाअन्तर्गत ग्राहकहरूले अब निसान म्याग्नाइट प्रतिदिन केवल रु. ९९९ मा आफ्नो बनाउन सक्नेछन्, जसले यस लोकप्रिय कम्प्याक्ट एसयूभीलाई अझ सहज र पहुँचयोग्य बनाएको छ।
नयाँ वर्ष अफरअन्तर्गत ग्राहकहरूले एक लाख सम्म नगद छुट, दुई लाख सम्म एक्सचेन्ज बोनस, एक वर्षको व्यापक बीमा तथा चालु आर्थिक वर्षको रोड ट्याक्स प्राप्त गर्नेछन्।
निसान म्याग्नाइट नेपालमा सबैभन्दा रुचाइने कम्प्याक्ट एसयूभीमध्ये एक रहँदै आएको छ। यसको आकर्षक डिजाइन, सुविधासम्पन्न इन्टेरियर, दमदार प्रदर्शन र उत्कृष्ट मूल्यका कारण ग्राहकहरूको रोजाइमा परेको हो। साथै, म्याग्नाइटले ५–स्टार ग्लोबल एनक्याप सुरक्षा रेटिङ प्राप्त गरेको छ, जसले ग्राहक सुरक्षाप्रति निसानको प्रतिबद्धतालाई अझ बलियो बनाएको छ।
सुरक्षाको दृष्टिले मात्र नभई, निसान म्याग्नाइटमा उत्कृष्ट श्रेणीको २०५ एमएम ग्राउन्ड क्लियरेन्स, ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल (ईएससी), हिल स्टार्ट असिस्ट तथा रियर पार्किङ क्यामेरासहितको टचस्क्रिन जस्ता सुविधाहरू उपलब्ध छन्।
यो योजना सीमित अवधिका लागि नेपालभर रहेका सबै आधिकारिक निसान शोरुमहरूमा उपलब्ध हुनेछ। ग्राहकहरूलाई आफ्नो नजिकको शोरुममा गई यस अफरबारे थप जानकारी लिन तथा निसान म्याग्नाइटको अनुभव गर्न कम्पनीले आग्रह गरेको छ ।
यसका साथै कम्पनीको वेबसाइट बाट पनि यस वारेमा जानकारी लिन सकिन्छ ।
काठमाडौं – निसानको नेपालका लागि आधिकारिक विक्रेता पायोनियर मोटोकर्प...
काठमाडौं– निसान गाडीको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटो कर्प...
काठमाडौँ – नेपालमा निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटोकर्पले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...