बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
निसानले २०२१ नभारा पिकअप ट्रकको जानकारी दिएको छ । कम्पनीले हालै युट्युबमा सो पिकअप ट्रकको टिजर सार्वजनिक गरेको छ । २०२१ निसान नभारा नयाँ फिचर र डिजाइनको साथमा लन्च गरिने छ । कम्पनीले सो ट्रकको फ्ल्यागसिप मोडल पनि सार्वजनिक गर्नेछ । जसलाई अन्तर्राष्ट्रिय बजारमा बिक्री गरिने छ ।
निसान नभाराको हाल उपलब्ध मोडल २०१५ मा लन्च गरिएको थियो । सो ट्रक दक्षिण अमेरिका र मेक्सिकोमा निसान फ्रन्टियरको नामले बिक्री गरिन्छ । २०२१ निसान नभारामा कस्मेटिक अपडेट गरिएको छ । जसले गर्दा सो ट्रक परफेक्ट पिकअप ट्रक बनेको छ ।
सो पिकअपको फ्रन्ट र ब्याकको डिजाइन केही अपडेट गरिएको छ । सो पिकअप ट्रकको लुक अधिक मात्रामा स्पोर्टी देखिएको छ । यसको फ्रन्टमा आकर्षक ब्ल्याक ग्रिल र ठूलो बम्पर समावेश छ । सो पिकअप ट्रकको हेडलाइटमा इन्टिग्रेटेड एलईडी डिआरएल लाइट समावेश छ ।
सो पिकअपमा नयाँ इन्फोटेनमेन्ट सिस्टम, स्टेयरिङ ह्विल, इन्टेरियर अपहोल्स्ट्री समावेश छ । यसको साथै यूएसबी चार्जिङ र फास्ट टाइप सी चार्जिङको सुविधा पनि रहेको छ । यसमा ८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम समावेश छ । जसले एप्पल कारप्ले र एन्ड्रोइड अटो जस्ता मल्टिमिडिया फिचर चलाउन सकिन्छ ।
निसान नभारामा नयाँ सेफ्टी फिचर पनि समावेश छ । यसमा ब्लाइन्ड स्पोक मर्निटरिङ, फरवर्ड कोलिजन वार्निङ, अटो इमरजेन्सी ब्रेकिङ, क्र्यास ट्राफिक अलर्ट, लेन किपिङ असिस्टेन्स र ३६० डिग्री भ्यू क्यामेरा जस्ता फिचर समावेश छ ।
नयाँ निसान नभारामा २.३ लिटर ४ सिलिन्डर टर्बाे डिजेल इन्जिन समवेश छ । जसले १८८ बीएचपीको पावर र ४५० न्युटन मिटर टर्क जेनेरेट गर्छ । यसमा ६ स्पिड म्यानुअल र ७ स्पिड अटोमेटिक गियरबक्सको विकल्प रहेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...