निसान म्याग्नाइटको पहिलो अन्तर्राष्ट्रिय बजार नेपाल, आगामी साता नेपालका सोरुममा उपलब्ध हुने

काठमाडौं – निसान गाडीको नेपालका लागि आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले आगामी फागुन १० अर्थात फेब्रुअरी २२ का दिन निसान म्याग्नाइट गाडी नेपाली बजार मूल्य सहित सार्वजनिक गर्ने भएको छ । नेपाली ग्राहकहरुले देशभरका सोरुममार्फत Engineered in Japan, Inspired by India एसयूभीको अनुभूति लिन सक्ने छन् ।

पायोनियर मोटोकर्प प्रालिका प्रबन्ध निर्देशक सन्दीपकुमार शारदाले निसान गाडीको नेपाली बजार र मूल्यवान ग्राहकहरुप्रतिको प्रतिवद्धताको प्रतिक नै नयाँ निसान म्याग्नाइटको लन्च हुने बताए ।

बिग, बोल्ड, आकर्षक र Charismatic SUV विशेष आकर्षक मूल्यमा आउने र धेरै लामो समयदेखि प्रतीक्षारत ग्राहकका लागि अन्य थुप्रै अफरहरुका साथ आउने पायोनियर मोटोकर्पले जानकारी दिएको छ ।

निसानले आफ्नो उत्पादकत्वको विकास गर्दे Make in India, Make for the World एसयूभीलाई विश्वभर नै आरम्भ गरिरहेको र त्यस अन्तर्गतको पहिलो अन्तर्राष्ट्रिय बजार नेपाल भएको बताएको छ । भारतमा निकै नै रुचाइएको निसान म्याग्नाइटलाई भारतको बजारमा प्राप्त प्रतिक्रिया र सफलतालाई नेपाली बजारमा पनि दोहो¥याउने निसानको उद्देश्य तथा चाहना भएको कम्पनीको भनाइ छ ।

नयाँ निसान म्याग्नाइट NISSAN NEXT रणनीतिको लागि महत्वपूर्ण हुनेछ । 

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...