निसान म्याग्नाइटको भारतमा आक्रामक योजना, १ हजार कामदारलाई रोजगारी दिने

जापानी अटोमोबाइल कम्पनी निसान मोटर्सको हालै सार्वजनिक एसयूभी म्याग्नाइटले भारतमा निकै सफलता पाएको छ । घरेलु बजारमा एसयूभीको माग पूरा गर्नका लागि कम्पनीले चेन्नई प्लान्टमा १ हजार कामदार भर्ती गर्ने निर्णय गरेको छ । कम्पनीका प्रबन्ध निर्देशक राकेश श्रीवास्तवले म्याग्नाइट निर्यात गर्ने योजना रहेको बताएका छन् । म्याग्नाइट एसियन एनक्याप क्र्यास परीक्षणमा ४ स्टार रेटिङ पाएको थियो ।

कम्पनीले २ डिसेम्बर २०२० मा म्याग्नाइट लन्च गर्दा एक महिनामा नै सो एसयूभीको लागि एक वर्षसम्मको लागि अर्डर प्राप्त गरिसकेको छ । हालसम्म कम्प्याक्ट एसयूभीको लागि ३२ हजार ८०० युनिट बुकिङ भइसकेको छ । कम्पनीले चेन्नई प्लान्टमा प्रत्येक महिना २ हजार ७०० कार उत्पादन गर्दैछ । यसको प्रोडक्सन बढाएर ४ हजार पु¥याउने लक्ष्य राखेको कम्पनीले जानकारी दिएको छ । कम्पनीले कम्प्याक्ट एसयूभी म्याग्नाइट इन्डोनेशिया र दक्षिण अफ्रिकामा पनि निर्यात गर्ने योजना बनाइरहेको छ ।

निसानको म्याग्नाइटको लागि २०२० को अन्तिम दिन सर्वाधिक ५ हजार युनिट बुकिङ प्राप्त गरेको थियो । एक दिनमा यति धेरै बुकिङ गर्नुको कारण यसको सबै भेरिएन्टको मूल्य ५० हजार देखि ५५ हजार भारु बढाउने सम्भावना रहेको छ । यद्यपि कम्पनीले केवल म्याग्नाइट एक्सईको शोरूम मूल्य ४ लाख ९९ हजार बढाएर ५ लाख ४९ हजार भारु पु¥याएको छ । कम्पनीले हालको लागि नयाँ बुकिङ लिन बन्द गरेको छ ।

नेपाली बजारमा पनि निसान म्याग्नाइट ल्याउने तयारीका साथ कार्य भइरहेको निसानको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले बताएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...