निसान म्याग्नाइट एसयूभीको स्मार्ट एडिसन सार्वजनिक, खरिदमा ३ लाखसम्मको सुविधा पाइने

काठमाडौँ — नेपालमा निसान गाडीका अधिकारिक विक्रेता पायोनियर मोटोकर्पले निसान म्याग्नाइटको स्मार्ट एडिसन नेपाली बजारमा सार्वजनिक गरेको छ । सन् २०२१ मा सार्वजनिक भई नेपाली बजारमा लोकप्रियता पाएको यो ‘बिग’, ‘बोल्ड’, ‘ब्युटिफुल’ र ‘कारिज्माटिक’ एसयूभी अब नयाँ स्मार्ट/नवीनतापूर्ण आरामदायी सुविधाहरूसहित उपलब्ध भएको कम्पनीको भनाइ छ ।

मार्च महिनाभर निसान म्याग्नाइट स्मार्ट एडिसन खरिद गर्दा विशेष छुटका साथ आकर्षक मूल्यको लाभ लिन सकिने पायोनियर मोटोकर्पले बताएको छ । सो गाडीको खरिदमा ग्राहकहरूले विभिन्न लाभहरू समावेश गरी जम्मा ३ लाख १६ हजार १९६ रुपैयाँ सम्मका फाइदाहरू प्राप्त गर्न सक्नेछन् ।

निसान म्याग्नाइट स्मार्ट एडिसनमा अतुलनीय मनोरञ्जनको लागि नयाँ ८ इन्चको टचस्क्रिन नेभिगेसन डिस्प्ले उपलब्ध छ । ढुक्कले ड्राइभिङ गर्न सक्षम बनाउने फग लाइटहरू समावेश गरिएका छन् । स्मार्ट एलईडी डीआरएलल कारको डिजाइनमा सुन्दरता थप्छ ।

अलोय ह्विल, मस्कुलर लाइनहरू र डायनामिक स्टाइल डिजाइनले गर्दा यो गाडी हरेक कोणबाट साँच्चिकै आकर्षक र बोल्ड देखिन्छ । वायरलेस चार्जर भएकोले ड्राइभको आनन्द लिँदै, सजिलै मोबाइल चार्जमा राख्न सकिन्छ ।

निसान मोटर साउथ एसिया बिजनेस युनिटका प्रमुख रघुनाथ नैरलेका अनुसार – निसान म्याग्नाइट स्मार्ट एडिसनले निसानको निरन्तर इनोभेसनद्वारा ग्राहकलाई समृद्ध ड्राइभिङ अनुभव प्रदान गर्ने लक्ष्यलाई झल्काउँछ ।

पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक सन्दीपकुमार सारडाका अनुसार – नयाँ म्याग्नाइट स्मार्ट एडिसन स्मार्ट, सरल र आधुनिक अनुभव खोज्ने नेपाली उपभोक्ताहरूका लागि उपयुक्त छ । निसान म्याग्नाइट स्मार्ट एडिसन देशव्यापी विभिन्न निसान डिलरसिपहरूमा उपलब्ध छ ।

पायोनियर मोटोकर्प सम्पूर्ण ग्राहकहरूलाई आफ्नो नजिकको निसान सोरुममा सम्पर्क गरी यो नयाँ एडिसनको अनुभव गर्न र नयाँ योजनाका छुट र फाइदाहरूको लाभ लिन आग्रह गरेको छ ।

सम्बन्धित समाचारहरू

निसान गाडी किन्दा इंग्ल्याण्ड र पाकिस्तान बिचको खेलको टिकट उपहार

निसान गाडी किन्दा इंग्ल्याण्ड र पाकिस्तान बिचको खेलको टिकट उपहार

काठमाडौं– निसान गाडीको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटो कर्पले...

‘इन्टिलिजेन्ट’ फिचरले सुसज्जित सेकेन्ड जेनेरेशन लिफ, यस्तो छ रेन्ज र पर्फमेन्स

‘इन्टिलिजेन्ट’ फिचरले सुसज्जित सेकेन्ड जेनेरेशन लिफ, यस्तो छ रेन्ज र पर्फमेन्स

काठमाडौं– जापनिज अटो निर्माता निसानले १३ वर्षअघि बजारमा ल्याएको लीफ अहिले...

पुरानो कुनै पनि ब्रान्डको कारसँग नयाँ चेरी कार साट्ने अवसर : ६ लाख ३१ हजार सम्म फाइदा

पुरानो कुनै पनि ब्रान्डको कारसँग नयाँ चेरी कार साट्ने अवसर : ६ लाख ३१ हजार सम्म फाइदा

काठमाडौं – नेपालमा चेरी गाडीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...