निसान म्याग्नाइट बन्यो आईसीसी टी२० वर्ल्ड कप २०२२ को अफिसियल कार
निसान मोटर इन्डियाले लगातार सातौं पटक अन्तर्राष्ट्रिय क्रिकेट परिषद्सँग...
नेपाली बजारमा पछिल्लो समयमा लोकप्रिय मोडलको रुपमा चर्चामा रहेको निसान म्याग्नाइटको मूल्य बढ्ने संकेत देखिएको छ । निषेधाज्ञा भन्दा पहिले नै मूल्य बढ्ने सम्भावना भएको रिपोर्ट आइरहेको समयमा अब निषेधाज्ञा खुलेर बजार सुचारु भएमा यस वारेमा स्पष्ट हुनेछ ।
सवारी साधन निर्माणका लागि आवश्यक सेमी कन्डक्टरको अभाव हुनुका साथै विभिन्न अटो पार्ट्सको मूल्य बढ्दा निसान म्याग्नाइटको समेत मूल्य बढाउनु परेको कम्पनीको भनाइ छ । भारतीय बजारमा लन्च भए पश्चात तीन पटक निसान म्याग्नाइटको मूल्य बढिसकेको छ ।
यद्यपि नेपालका लागि निसान म्याग्नाइटको आधिकारिक वितरक पायोनियर मोटोकर्पले औपचारिक रुपमा यसको वारेमा केही जानकारी दिएको छैन । तर पनि अन्तर्राष्ट्रिय बजारको अवस्थाका आधारमा अब पक्कै पनि यसको मूल्य बढ्ने अनुमान गर्न सकिन्छ ।
गत फागुन महिनामा नेपाली बजारमा उपलब्ध निसान म्याग्नाइट दुई इन्जिन अप्सनमा उपलब्ध छ । सो एसयूभी विभिन्न ११ भेरिएन्टमा उपलब्ध छ । १.० लिटर नेचुरल्ली एस्पायर्ड इन्जिनमा ६ भेरिएन्ट र टर्बो इन्जिनमा ५ भेरिएन्ट उपलब्ध छ । पहिलो १.० लिटर थ्री सिलिन्डर नेचुरल्ली एस्पिरेटेड इन्जिनले ७२ एचपी पावर र ९६ एनएम टर्क तथा अर्को टर्बो पेट्रोल इन्जिनले १०० एचपी पावर र १६० एनएम टर्क जेनेरेट गर्छ ।
यसको सुरुवाती भेरिएन्ट एक्सईको मूल्य २९ लाख ४९ हजार रुपैयाँ निर्धारण गरेको छ भने सबैभन्दा टप भेरिएन्ट टर्बो इन्जिन सहितको एक्सभी प्रिमियम ड्युअल टोनको मूल्य ४२ लाख ७९ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
निसान मोटर इन्डियाले लगातार सातौं पटक अन्तर्राष्ट्रिय क्रिकेट परिषद्सँग...
काठमाडौं– निसान गाडीको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटो कर्प...
काठमाडौं – नेपाली बजारमा भित्रिएको एक वर्ष नपुग्दै १ हजार १११ युनिट निसान...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...