होन्डा र निसान मर्जर प्रक्रिया पुरा, मित्सुबिशी अझै अन्योलमा
होन्डा र निसान गठबन्ध प्रक्रिया पुरा भएको छ । यी दुई कम्पनीले एक महिनाअघि...
काठमाडौं – नेपाली बजारमा निकै नै रुचाइएको एसयूभी निसान म्याग्नाइटको मूल्यमा वृद्धि गरिएको छ । यसको सुरुवाती भेरिएन्ट एक्सईको मूल्य २९ लाख ४९ हजार रहेकोमा अब ३० लाख ९९ हजार रुपैयाँ तोकिएको छ । त्यसैगरी सबैभन्दा टप भेरिएन्ट टर्बो इन्जिन सहितको एक्सभी प्रिमियम ड्युअल टर्बोको मूल्य ४२ लाख ७९ हजारबाट बढेर ४५ लाख ४९ हजार रुपैयाँ तोकिएको छ ।
निसानको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले अन्तर्राष्ट्रिय स्तरमा सेमी कन्डक्टर र अन्य पार्ट्सका कारण म्याग्नाइटको मूल्य बढिरहेको र नेपालमा समेत बढ्ने सम्भावना भएको पहिले नै बताएको थियो । कम्पनीले आज देखि लागू हुने गरी आफ्नो वेबसाइटमा समेत मूल्य परिमार्जन गरेको छ भने फेसबुक लगायतका सामाजिक सञ्जालमार्फत समेत यसको जानकारी दिएको छ ।
निसान म्याग्नाइट नेपाली बजारमा राम्रो बिक्री भएको गाडी हो । नेपाली बजारमा गत फेब्रुअरी २२, २०२१ मा सार्वजनिक गरिए यता केही दिन पहिले ७४ दिनभित्र ५७८ निसान म्याग्नाइट बिक्री भइसकेको र १ हजार भन्दा बढी बुकिङ भएको जानकारी दिइएको थियो ।
पछिल्लो समयमा निसान म्याग्नाइटको प्रतिस्पर्धामा अन्य ब्रान्डका गाडी समेत लगातार रुपमा भित्रिरहेका छन् । यो अवस्थामा बढेको मूल्यको केही असर भने म्याग्नाइटमा पर्न सक्ने छ । नेपाली बजारमा उपलब्ध निसान म्याग्नाइटका सबै भेरिएन्ट र तिनको नयाँ मूल्य सूची यहाँ हेर्न सकिन्छ ।
दुई इन्जिन अप्सनमा उपलब्ध सो एसयूभी विभिन्न ११ भेरिएन्टमा उपलब्ध छ । १.० लिटर नेचुरल्ली एस्पायर्ड इन्जिनमा ६ भेरिएन्ट र टर्बो इन्जिनमा ५ भेरिएन्ट उपलब्ध छ । पहिलो १.० लिटर थ्री सिलिन्डर नेचुरल्ली एस्पिरेटेड इन्जिनले ७२ एचपी पावर र ९६ एनएम टर्क तथा अर्को टर्बो पेट्रोल इन्जिनले १०० एचपी पावर र १६० एनएम टर्क जेनेरेट गर्छ ।
सबैभन्दा माथिल्लो भेरिएन्टमा एलईडी डीआरएलसहितको बाई–प्रोजेक्टर हेडल्याम्प, १६ इन्चको डायमन्ड कट अलोय ह्विल, इलेक्ट्रिकल्ली एड्जस्टेबल र फोल्डेबल विङ मिरर, रुफरेलका साथै फ्रन्ट र रियर फक्स स्किड प्लेट लगायतका विभिन्न इक्विपमेन्ट उपलब्ध छन् ।
त्यसैगरी यसमा ८.० इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम छ, जसमा सेगमेन्ट फर्स्ट वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटी छ । इन्स्ट्रयुमेन्ट क्लस्टरका लागि ७.० इन्च टीएफटी डिस्प्ले छ ।
होन्डा र निसान गठबन्ध प्रक्रिया पुरा भएको छ । यी दुई कम्पनीले एक महिनाअघि...
काठमाडौं – निसानको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले नयाँ...
काठमाडौं – हाल आईसीसी मेन्स टी-२० वर्ल्ड कप २०२२ ट्रफी टुर चलिरहेको छ । सो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...