७ लाख ८६ हजार भारुमा लन्च भयो निशान म्याग्नाइटको रेड एडिसन
निशान मोटर्स इण्डियाले आफ्नो लोकप्रिय एसयसुभी म्याग्नइटलाई रेड एडिसनमा...
निशान मोटर्स इण्डियाले आज म्याग्नाइट एसयुभीले १ लाख युनिट वुकिङ पुरा गरेको अवसर पारेर यसको रेड एडिसन सार्वजनिक गरेको छ । यो नयाँ स्पेसल एडिसनलाई कम्पनीले १० दिनपछि अर्थात जुलाई १८ मा औपचारिक लन्च गर्ने बताएको छ । साथै यसको वुकिङ समेत खुल्ला गरिएको छ ।
यो नयाँ एडिसन हाल कारोबार भैरहेको एक्सभी ट्रिममा आधारित रहेको छ । जसको फ्रन्ट ग्रिल, फ्रन्ट वम्पर क्लेडिङ, ह्विल आर्चेज र वोडी साइड क्लेडिङमा रातो रङको सिमश्रण गरिएको छ । यो कारको लुक्स निकै आकर्षक देखिएको छ । रेड एडिसन लेखिएर आउन लागेको यो कारमा एलइडी स्कफ प्लेट, टेल डोर गार्निस र वडी ग्राफिक्समा सामन्य परिवर्तन गरिएको छ ।
साथै यो यसअघिको तीनवटै पावरट्रेनमा उपलब्ध हुने जनाइएको छ । निशानले यो एसयुभीमा १.० पेट्रोल म्यानुअल, १.० टर्वो पेट्रोल म्यानुअल र १.० लिटर टर्वो पेट्रोल सिभीटी पावर ट्रेनमा उपलब्ध गराउँदै आएको हो ।
यो नयाँ एडिसनमा वायरलेस चार्जिङ, एलयडी डिआरएलएस र एम्वियन्ट लाइटिङ लगायत फिचर्स थप गरिएको छ । साथै यसमा ८ इन्चको टचस्क्रिन, पुश वटन स्टार्ट, शार्क–फिन एन्टेना र एयर प्यूरिफायर समेत उपलब्ध हुनेछ ।
२०२० को अन्त्यतिर लन्च गरिएको यो सानो एसयुभी आकर्षक डिजाइन, सुविधासम्पन्न फिचर्स र कम मूल्यका कारण लोकप्रिय वनिरहेको छ । यो एसयुभीलाई नेपाली अटो पारखीले समेत अत्याधिक मात्रामा रुचाएका छन् ।
निशान मोटर्स इण्डियाले आफ्नो लोकप्रिय एसयसुभी म्याग्नइटलाई रेड एडिसनमा...
जापनिज अटो निर्माता निसान अहिले गम्भिर आर्थिक समस्यामा परेको छ । आफ्नो...
काठमाडौं – निसानकाे नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...