नाइमा एक्सपोमा प्रदर्शन हुने अपेक्षा गरिएको निसान टेक्टन भारतमा लन्च
निसानले भारतीय बजारमा नयाँ मिड साइज एसयूभी निसान टेक्टन लन्च गरेको छ। यसले...
निसानले लेफ्ट ह्यान्ड ड्राइभ बजारमा मेड–इन–इन्डिया म्याग्नाइट निर्यात थालेको छ । २ हजार ९०० यूनिटको पहिलो ब्याच हालै चेन्नई नजिकैको कामराजर बन्दरगाहबाट पठाइएको कम्पनीले जनाएको छ ।
यो महिना, निसानले मध्य पूर्व, उत्तर अफ्रिका, ल्याटम र एशिया प्रशान्त क्षेत्रका बजारहरूमा नयाँ म्याग्नाइटको ७ हजार १०० यूनिट निर्यात गर्ने योजना बनाएको छ । कम्पनीले फेब्रुअरीको अन्त्यसम्ममा १० हजार भन्दा बढी यूनिट लेफ्ट ह्यान्ड ड्राइभ म्याग्नाइट निर्यात गर्नेछ ।
नयाँ म्याग्नाइट अब विश्वका ६५ भन्दा बढी बजारहरूमा उपलब्ध हुनेछ । यसमा दक्षिण अफ्रिका जस्ता राइट ह्यान्ड ड्राइभ बजारहरू पनि समावेश हुनेछन् ।
निसानले गत वर्ष अक्टोबरमा म्याग्नाइटको अपडेटेड भर्सन लन्च गरेको थियो । कम्प्याक्ट एसयूभीमा ७१ बीएचपी र ९६ एनएम उत्पादन गर्ने १.० लिटर पेट्रोल इन्जिन तथा ९९ बीएचपी र १६० एनएम पावर उत्पादन गने १.० लिटर टर्बो–पेट्रोल इन्जिन जडान गरिएको छ । यो ५–स्पीड म्यानुअल र ५–स्पीड एएमटी तथा सिभिटी ट्रान्समिसनमा उपलब्ध छ ।
नयाँ म्याग्नाईट नेपाली बजारमा समेत लन्च हुने तयारीमा छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...