मेगा मोटर्सद्वारा एकैदिन १७ निसान गाडी ग्राहकलाई हस्तान्तरण
काठमाडौं – मेगा मोटर्सले आज एकै दिन १७ युनिट निसान गाडी ग्राहकलाई...
निसानले लेफ्ट ह्यान्ड ड्राइभ बजारमा मेड–इन–इन्डिया म्याग्नाइट निर्यात थालेको छ । २ हजार ९०० यूनिटको पहिलो ब्याच हालै चेन्नई नजिकैको कामराजर बन्दरगाहबाट पठाइएको कम्पनीले जनाएको छ ।
यो महिना, निसानले मध्य पूर्व, उत्तर अफ्रिका, ल्याटम र एशिया प्रशान्त क्षेत्रका बजारहरूमा नयाँ म्याग्नाइटको ७ हजार १०० यूनिट निर्यात गर्ने योजना बनाएको छ । कम्पनीले फेब्रुअरीको अन्त्यसम्ममा १० हजार भन्दा बढी यूनिट लेफ्ट ह्यान्ड ड्राइभ म्याग्नाइट निर्यात गर्नेछ ।
नयाँ म्याग्नाइट अब विश्वका ६५ भन्दा बढी बजारहरूमा उपलब्ध हुनेछ । यसमा दक्षिण अफ्रिका जस्ता राइट ह्यान्ड ड्राइभ बजारहरू पनि समावेश हुनेछन् ।
निसानले गत वर्ष अक्टोबरमा म्याग्नाइटको अपडेटेड भर्सन लन्च गरेको थियो । कम्प्याक्ट एसयूभीमा ७१ बीएचपी र ९६ एनएम उत्पादन गर्ने १.० लिटर पेट्रोल इन्जिन तथा ९९ बीएचपी र १६० एनएम पावर उत्पादन गने १.० लिटर टर्बो–पेट्रोल इन्जिन जडान गरिएको छ । यो ५–स्पीड म्यानुअल र ५–स्पीड एएमटी तथा सिभिटी ट्रान्समिसनमा उपलब्ध छ ।
नयाँ म्याग्नाईट नेपाली बजारमा समेत लन्च हुने तयारीमा छ ।
काठमाडौं – मेगा मोटर्सले आज एकै दिन १७ युनिट निसान गाडी ग्राहकलाई...
निसानले गत अक्टोबर ४ मा लन्च गरेको म्याग्नाइट फेसलिफ्टलाई अन्तराष्ट्रिय...
काठमाडौं– निसान गाडीको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटो कर्पले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...