२० प्रतिशत डाउनपेमेन्टमै निसान म्याग्नाईट, ब्याजदर पनि सस्तो

काठमाडौं–निसान गाडीको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले २० प्रतिशत डाउनपेमेन्टमै म्याग्नाईट फेसलिफ्ट बिक्री गर्ने स्किम ल्याएको छ । राष्ट्र बैंकले ४० प्रतिशत डाउपेमेन्ट अनिबार्य गर्नुपर्ने नियम ल्याएपनि कम्पनीले ग्राहको सुबिधालाई मध्यनजर गरी २० प्रतिशत डानपेमेन्टमै गाडी किन्न पाइने सुबिधा प्रदान गरेको हो ।

नयाँ निसान म्याग्नाईट खरिद गर्दा ग्राहकले ८.०५ प्रतिशत ब्याजदरमा फाइनान्स सुबिधा पाउने जनाइएको छ । कारको सुरुवाती मूल्य ३४ लाख ७५ हजार रुपैयाँ निर्धारण गरिएको छ । त्यसैगरी ग्राहकहरूले नगद छुट, एक वर्षको विस्तृत बीमा, चालु आर्थिक वर्षको लागि निःशुल्क सडक कर र तीन वर्षसम्म निःशुल्क सर्भिसिङ तथा वारेन्टीको सुविधा प्राप्त गर्नेछन् ।

नेपाली बजारमा पहिले देखि नै लोकप्रिय रहेको निसान म्याग्नाइटको फेसलिफ्ट भर्सन हालै सार्बजनिक गरिएको थियो । नयाँ निसान म्याग्नाइट फेसलिफ्टले ४० भन्दा बढी स्ट्यान्डर्ड सुरक्षा विशेषताहरू र कुल ५५ सुरक्षा सुधारहरूसहित सुरक्षाको नयाँ मापदण्ड स्थापित गरेको छ । यसको ‘हाइ–टेन्साइल स्टिल केज बडी’ र ‘इम्प्याक्ट एब्जर्बिङ कम्पोनेन्ट’हरूले उत्कृष्ट सुरक्षा प्रदान गर्दछ ।

यसमा ६ वटा एयरब्याग (२ अगाडि, २ छेउमा र २ कर्टेन एयरब्याग) उपलब्ध छन्, जुन सबै भेरिएन्टहरूमा स्ट्यान्डर्ड रूपमा समावेश गरिएको छ । साथै, ‘३–पोइन्ट सिटबेल्ट’ र सबै सिटका लागि ‘सिटबेल्ट–रिमाइन्डर’ प्रणालीले उत्कृष्ट सुरक्षा सुनिश्चित गर्छ ।

एसयूभीको सुन्दरता वा एस्थेटिक्समा नयाँ म्याग्नाइटले नयाँ उचाई लिएको छ । अझ प्रभावशाली उपस्थितिको डिजाइनसहित आएको यो गाडीमा ‘बिगर एन्ड बोल्डर’(ठूलो र दरिलो) ‘डुअल–टोन ग्रिल’, ‘फ्लोटिङ स्किड प्लेट’ र श्रेणी–उत्कृष्ट ‘थ्रीडी हनिकम्ब ग्रेडियन्ट इफेक्ट’सहितको ‘एलईडी टेलल्याम्प’ रहेका छन् । यसमा विशेष ३६० लेदर–प्याक समावेश छ, जसमा ‘लेदरेटले मोडिएको ड्यासबोर्ड’, लेदरेट सिटहरू साथै ढोका, पार्किङ ब्रेक लिभर, स्टेयरिङ र अगाडिको आर्मरेस्टमा लेदरेट ट्रिमहरू रहेका छन् ।

सम्बन्धित समाचारहरू

नेपाल आइपुगेको आईसीसी मेन्स टी-२० वर्ल्ड कप २०२२ ट्रफी टुरमा निसान नेपालको सहकार्य

नेपाल आइपुगेको आईसीसी मेन्स टी-२० वर्ल्ड कप २०२२ ट्रफी टुरमा निसान नेपालको सहकार्य

काठमाडौं – हाल आईसीसी मेन्स टी-२० वर्ल्ड कप २०२२ ट्रफी टुर चलिरहेको छ । सो...

निसान गाडीमा फेस्टिबल अफर, अटो शोमा वुकिङ गर्नेलाई विशेष छुट

निसान गाडीमा फेस्टिबल अफर, अटो शोमा वुकिङ गर्नेलाई विशेष छुट

निसान गाडीको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले दशैं तिहार...

भारतमा लन्च भयो निसान एक्स-ट्रेल एसयूभी, यस्तो छ विशेषता

भारतमा लन्च भयो निसान एक्स-ट्रेल एसयूभी, यस्तो छ विशेषता

निसानले भारतीय बजारमा फुल साइज एसयूभी सेगमेन्टमा नयाँ एसयूभी एक्स-ट्रेल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...