निशान म्याग्नाइटको नेपालमा एक वर्ष पुरा, १५ सय युनिट बिक्री भएको दाबी

निशानको लोकप्रिय सब फोर मिटर एसयुभी म्याग्नाइट नेपाल भित्रिएको एक वर्ष पुरा भएको छ । अघिल्लो बर्षको आजकै दिन अर्थात फागुन १० गने यो बहुप्रतिक्षित एसयुभीलाई नेपालमा लन्च गरिएको थियो । भारतीय बजारमा लन्च भएलगत्तै नेपाली ग्राहकले समेत चासोको साथ हेरिरहेको म्याग्नाइट एक बर्षको यो अबधीमा १४९९ युनिट भन्दा बढी बिक्री भएको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले दाबी गरेको छ ।

कोभिडका कारण शिथिल बनिरहेको अटो बजारमा म्याग्नाइटको यो किर्तीमानी बिक्रीले यो एसयुभी नेपाली कार पराखीमाझ कत्तिको लोकप्रिय बनिरहेको छ भन्न प्रष्ट पार्छ । एकबर्षको छोटो अबधीमा एउटै नयाँ मोडल यति धेरै संख्यामा बिक्रि भएको नेपालमा यो सायदै पहिलो रेकर्ड हुनसक्छ ।

लन्च भएको ७४ दिनमै ५७८ युनिट बिक्री भएको यो एसयुभी असोज मध्यसम्ममा १ हजार १ एस ११ युनिट बिक्री भएको कम्पनीले बताएको थियो । त्यो समयमामा १ हजार ७ सयभन्दा बढी बुकिङ रहेको भनिएको म्याग्नाइट आसोज मध्यदेखी हालसम्म जम्मा ३ सय ८८ युनिटमात्र बिक्री भएको देखिन्छ । यद्यपी हालसम्म पनि बुकिङ लिने ग्राहक सबैले गाडी हात पार्न सकिरहेका छैनन् । यो एसयूभीको क्रेज हालसम्म घटेको देखिदैन ।

यस्तो छ मूल्य र बिशेषता
यो एसयुभी एक्सई, एक्सएल, एक्सभी, एक्सभी प्रिमियम गरी कुल ४ ट्रिम सहित ११ भिन्न भेरिएन्टमा उपलब्ध रहँदै आएको छ । जुन टर्बो र नन् टर्बो इन्जिन अप्समा उपलब्ध छ । सबैभन्दा माथिललो भेरिएन्टमा एलईडी डीआरएलसहितको बाई–प्रोजेक्टर हेडल्याम्प, १६ इन्चको डायमन्ड कट अलोय ह्विल, इलेक्ट्रिकल्ली एड्जस्टेबल र फोल्डेबल विङ मिरर, रुफरेलका साथै फ्रन्ट र रियर फक्स स्किड प्लेट लगायतका विभिन्न इक्विपमेन्ट उपलब्ध छन् ।

त्यसैगरी यसमा ८.० इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम छ, जसमा सेगमेन्ट फस्र्ट वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटी छ । इन्स्ट्रयुमेन्ट क्लस्टरका लागि ७.० इनच टीएफटी डिस्प्ले छ । यी वाहेक भ्वाइस रिकग्निसन टेक्नोलोजी, पुस बटन स्टार्ट, क्रुज कन्ट्रोल, ३६० डिग्री अराउन्ड भ्यु क्यामेरा, टायर प्रेसर मोनिटर र इन्टेरियरमा सबै ब्ल्याक थिम रहेको छ।

निसान म्याग्नाइट दुई इन्जिन अप्सनमा उपलब्ध छ । पहिलो १.० लिटर थ्री सिलिन्डर नेचुरल्ली एस्पिरेटेड इन्जिनले ७२ एचपी पावर र ९८ एनएम टर्क तथा अर्को टर्बो पेट्रोल इन्जिनले १०० एचपी पावर र १६० एनएम टर्क जेनेरेट गर्छ । यो म्यानुअल र सिभिटी ट्रान्समिसन अप्सनमा उपलब्ध छ।

नेपाली बजारमा यसको बेस भेरियन्ट एक्सईको ३० लाख ९९ हजार, एक्सएल मिडको ३३ लाख ९९ हजार, एक्सभी अपर मोनोको ३६ लाख ९९ हजार, एक्सभी अपर डुअल टोनको ३७ लाख ४९ हजार, एक्सभी प्रिमिय मोनोको ४० लाख ४९ हजार, एक्सभी प्रिमियम डुअलको ४० लाख ९९ हजार, एक्सएल मिड टर्बोको ३८ लाख ९९ हजार, एक्सभी अपर मोनो टर्बोको ४१ लाख ९९ हजार, एक्सभी अपर डुअल टर्बोको ४२ लाख ४९ हजार, एक्सभी प्रमियम मोनो टर्बोको ४४ लाख ९९ हजार र एक्सभी प्रिमियम डुअल टर्बोको ४५ लाख ४९ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

सम्बन्धित समाचारहरू

ग्लोबल हेडक्वार्टर नै बिक्री गर्ने सोचमा निसान, वित्तिय संकट टार्न यस्ता उपाय अपनाउँदै

ग्लोबल हेडक्वार्टर नै बिक्री गर्ने सोचमा निसान, वित्तिय संकट टार्न यस्ता उपाय अपनाउँदै

जापनिज अटो निर्माता निसान केही समययता आर्थिक संकटसंग जुधिरहेको छ ।...

चेन अवधारणामा शोरुम थप्दै यी डिलर, एउटै डिलरको ४ वटासम्म शोरुम

चेन अवधारणामा शोरुम थप्दै यी डिलर, एउटै डिलरको ४ वटासम्म शोरुम

काठमाडौं उपत्यकामा सवारीसाधनको माग उच्च गतिमा वृद्धि भैरहेको छ ।...

मेगा मोटर्सद्वारा एकैदिन १७ निसान गाडी ग्राहकलाई हस्तान्तरण

मेगा मोटर्सद्वारा एकैदिन १७ निसान गाडी ग्राहकलाई हस्तान्तरण

काठमाडौं – मेगा मोटर्सले आज एकै दिन १७ युनिट निसान गाडी ग्राहकलाई...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...