नयाँ वर्षमा निसान गाडी किन्दा ११ लाख ७४ हजार सम्मको फाइदा लिन सकिने
काठमाडौं– निसान गाडीको नेपालका लागि आधिकारिक विक्रेता पायोनियर मोटो...
निसानले भारतीय बजारमा इन्ट्री लेभल एसयूभी सेगमेन्टमा म्याग्नाइटको फेसलिफ्ट संस्करण लन्च गर्ने तयारी गरिरहेको छ । कम्पनीले सो एसयूभीको बुकिङ पनि सुरु गरिसकेको छ । सो एसयूभीको बुकिङ डिलरशिपमा अफलाइन र वेबसाइटमा अनलाइन गर्न सकिन्छ ।
मिडिया रिपोर्टका अनुसार निसान म्याग्नाइटको फेसलिफ्ट संस्करणमा धेरै कस्मेटिक परिवर्तन गरिएको छ, यद्यपि कम्पनीले यसको बारेमा कुनै आधिकारिक जानकारी दिएको छैन ।
रिपोर्टका अनुसार यसको इन्जिनमा परिवर्तन हुने सम्भावना कम छ । यसको अगाडिको बम्पर, हेडलाइट, टेललाइट र ग्रिल परिवर्तन हुनेछ साथै पछाडिको बम्पर र अलोय ह्विलमा पनि परिवर्तन गरी यसलाई नयाँ रुप दिने सम्भावना छ । सो एसयूभीको इन्टेरियर पनि परिवर्तन हुनेछ ।
कम्पनीले सो एसयूभी लन्च गर्नुअघि सामाजिक सञ्जालमा यसको टिजर सार्वजनिक गरेको छ, जसमा यसको फिचरको बारेमा जानकारी दिइएको छ । यसको फेसलिफ्ट संस्करणमा २० भन्दा बढी फस्ट सेगमेन्ट फिचरका साथै ५५ भन्दा बढी सेफ्टी फिचर प्रदान गरिनेछ ।
नयाँ म्याग्नाइट निसानले इन्ट्री लेभल एसयूभी सेगमेन्टमा टाटा पञ्च, रेनो किगर, सिट्रोन बसाल्ट, टोयोटा टेसर, मारुती फ्रन्क्स, महिन्द्रा एक्सयूभी ३एक्सओ जस्ता एसयूभीसँग प्रतिस्पर्धा गर्नेछ ।
कम्पनीले यसको फेसलिफ्ट संस्करण अक्टोबर ४ मा भारतीय बजारमा लन्च गर्नेछ । यसको मूल्य ६ लाख भारुदेखि सुरु हुनेछ तर फेसलिफ्ट भर्सनको मूल्य ४० देखि ५० हजार भारुसम्म बढाउन सकिनेछ । सो एसयूभीको डेलिभरी अक्टोबर ५ बाट सुरु हुनेछ ।
काठमाडौं– निसान गाडीको नेपालका लागि आधिकारिक विक्रेता पायोनियर मोटो...
काठमाडौं – पेट्रोलियम पदार्थबाट चल्ने विभिन्न कार आयातकर्ता कम्पनीहरुले...
निशानको लोकप्रिय सब फोर मिटर एसयुभी म्याग्नाइट नेपाल भित्रिएको एक वर्ष...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...