नेपाली सडकमा देखियो निसान म्याग्नाइट फेसलिफ्ट, केही दिनमै लन्च हुने

काठमाडौं – नेपाली बजारमा कुनै समय निकै नै चर्चित बनेको निसान म्याग्नाइटको फेसलिफ्ट संस्करण नेपाल भित्रिएको छ । नेपालका लागि निसानको आधिकारिक वितरक पायोनियर मोटोकर्पले निसान म्याग्नाइट फेसलिफ्ट उपलब्ध गराउने चर्चा चलिरहेको समयमा यो देखिएको हो ।

पायोनियर मोटोकर्पले यसको लन्चिङ समय वारेमा आधिकारिक जानकारी दिएको छैन । यद्यपि हाल यसको परीक्षण चलिरहेको र यही फेब्रुअरी महिना भित्रै लन्च हुने अनुमान गर्न सकिन्छ ।

नेपाली सडकमा पहिले पनि प्रशस्तै निसान म्याग्नाइट उपलब्ध छन् । अब अझै सुधारिएको भर्सनको रुपमा यसको फेसलिफ्ट भर्सन आइपुगेको हो ।

यसको ग्रिल र क्रोम वरिपरि पुन: डिजाइन गरिएको फ्रन्ट बम्पर र एलईडी टेल लाइट समावेश गरिएको छ । यसका साथै यसमा १६ इन्चको ड्युअल टोन अलोय ह्विल नयाँ डिजाइनको छ भने फ्रन्ट फग ल्याम्प पनि नयाँ डिजाइनको छ ।

यसको इन्टेरियरमा धेरै परिवर्तन गरिएको छ । यसको ड्यासबोर्ड, डोर प्याड र सेन्टर कन्सोल वरपर नयाँ ब्लाक र ओरेन्ज रङको थिम दिइएको छ । यसको ड्यासबोर्ड लेआउट, एसी भेन्ट्सको डिजाइन र स्टेयरिङ ह्विल प्रि-फेसलिफ्ट मोडलभन्दा एकदमै भिन्न छ ।

यसमा ८ इन्चको टचस्क्रिन, ७ इन्चको डिजिटल ड्राइभर डिस्प्ले, ४ रङको एम्बियन्ट लाइटिङ र वायरलेस फोन चार्जर जस्ता फिचर समावेश छ । सेफ्टीका लागि यसमा ६ वटा एयरब्याग, टायर प्रेसर मोनिटरिङ सिस्टम, अटो डिमिङ आईआरभीएम र ३६० डिग्री क्यामेरालगायत अन्य फिचर उपलब्ध गराइएको छ ।

यसमा १ लिटर नेचुरल्ली एस्पिरेटेड पेट्रोल र १ लिटर टर्बो पेट्रोल इन्जिन विकल्प छ । यसको १ लिटर नेचुरल्ली एस्पिरेटेड पेट्रोल इन्जिनले ७२ पीएस पावर र ९६ एनएम टर्क जेनेरेट गर्छ । योसँगै १ लिटर टर्बो पेट्रोल इन्जिनले १०० पीएस पावर र १६० एनएम टर्क जेनेरेट गर्छ ।

नेपाली बजारमा उपलब्ध हुने भेरिएन्टको वारेमा समेत कम्पनीले हाल जानकारी सार्वजनिक गरेको छैन । यसको मूल्य समेत पछि सार्वजनिक हुनेछ ।

सम्बन्धित समाचारहरू

निसानले ल्यायो म्याग्नाइटको गिजा एडिसन

निसानले ल्यायो म्याग्नाइटको गिजा एडिसन

निसान इन्डियाले आफ्नो कम्प्याक्ट एसयूभी म्याग्नाइटको गिजा एडिसन ७ लाख ३९...

७ लाख ८६ हजार भारुमा लन्च भयो निशान म्याग्नाइटको रेड एडिसन

७ लाख ८६ हजार भारुमा लन्च भयो निशान म्याग्नाइटको रेड एडिसन

निशान मोटर्स इण्डियाले आफ्नो लोकप्रिय एसयसुभी म्याग्नइटलाई रेड एडिसनमा...

निसान लिफ नेपाली इलेक्ट्रिक कार बजारमा पायोनियर बन्ने दाबी

निसान लिफ नेपाली इलेक्ट्रिक कार बजारमा पायोनियर बन्ने दाबी

काठमाडौं – नेपाली बजारमा निसानको इलेक्ट्रिक कार सेकेन्ड जेनेरेसन निसान...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...