अर्को वर्षदेखि अल्टो८०० र हुन्डाई आई२० जस्ता १७ कार किन्न नपाइने
भारतमा रियल ड्राइभिङ इमिसन (आरडीई) नर्म्स उत्सर्जन नियम लागू हुने भएको छ ।...
काठमाडौं – नेपाली बजारमा कुनै समय निकै नै चर्चित बनेको निसान म्याग्नाइटको फेसलिफ्ट संस्करण नेपाल भित्रिएको छ । नेपालका लागि निसानको आधिकारिक वितरक पायोनियर मोटोकर्पले निसान म्याग्नाइट फेसलिफ्ट उपलब्ध गराउने चर्चा चलिरहेको समयमा यो देखिएको हो ।
पायोनियर मोटोकर्पले यसको लन्चिङ समय वारेमा आधिकारिक जानकारी दिएको छैन । यद्यपि हाल यसको परीक्षण चलिरहेको र यही फेब्रुअरी महिना भित्रै लन्च हुने अनुमान गर्न सकिन्छ ।
नेपाली सडकमा पहिले पनि प्रशस्तै निसान म्याग्नाइट उपलब्ध छन् । अब अझै सुधारिएको भर्सनको रुपमा यसको फेसलिफ्ट भर्सन आइपुगेको हो ।
यसको ग्रिल र क्रोम वरिपरि पुन: डिजाइन गरिएको फ्रन्ट बम्पर र एलईडी टेल लाइट समावेश गरिएको छ । यसका साथै यसमा १६ इन्चको ड्युअल टोन अलोय ह्विल नयाँ डिजाइनको छ भने फ्रन्ट फग ल्याम्प पनि नयाँ डिजाइनको छ ।
यसको इन्टेरियरमा धेरै परिवर्तन गरिएको छ । यसको ड्यासबोर्ड, डोर प्याड र सेन्टर कन्सोल वरपर नयाँ ब्लाक र ओरेन्ज रङको थिम दिइएको छ । यसको ड्यासबोर्ड लेआउट, एसी भेन्ट्सको डिजाइन र स्टेयरिङ ह्विल प्रि-फेसलिफ्ट मोडलभन्दा एकदमै भिन्न छ ।

यसमा ८ इन्चको टचस्क्रिन, ७ इन्चको डिजिटल ड्राइभर डिस्प्ले, ४ रङको एम्बियन्ट लाइटिङ र वायरलेस फोन चार्जर जस्ता फिचर समावेश छ । सेफ्टीका लागि यसमा ६ वटा एयरब्याग, टायर प्रेसर मोनिटरिङ सिस्टम, अटो डिमिङ आईआरभीएम र ३६० डिग्री क्यामेरालगायत अन्य फिचर उपलब्ध गराइएको छ ।
यसमा १ लिटर नेचुरल्ली एस्पिरेटेड पेट्रोल र १ लिटर टर्बो पेट्रोल इन्जिन विकल्प छ । यसको १ लिटर नेचुरल्ली एस्पिरेटेड पेट्रोल इन्जिनले ७२ पीएस पावर र ९६ एनएम टर्क जेनेरेट गर्छ । योसँगै १ लिटर टर्बो पेट्रोल इन्जिनले १०० पीएस पावर र १६० एनएम टर्क जेनेरेट गर्छ ।
नेपाली बजारमा उपलब्ध हुने भेरिएन्टको वारेमा समेत कम्पनीले हाल जानकारी सार्वजनिक गरेको छैन । यसको मूल्य समेत पछि सार्वजनिक हुनेछ ।
भारतमा रियल ड्राइभिङ इमिसन (आरडीई) नर्म्स उत्सर्जन नियम लागू हुने भएको छ ।...
जापानका दुई ठूला अटो ब्रान्ड निशान र होन्डा मर्जरको तयारीमा छन् । विशेषगरी...
पजेरो । जनआन्दोलन २०४६ पश्चात बनेको नयाँ संसदमा यसको निकै नै चर्चा भएको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...