६ भेरिएन्टमा लन्च गरिएको निसान म्याग्नाइट फेसलिफ्टको डेलिभरी सुरु

निसान म्याग्नाइट फेसलिफ्ट भारतमा लन्च भएको छ । कम्पनीले अब सो एसयूभीको डेलिभरी पनि सुरु गरिसकेको छ । सो एसयूभी कुल ६ भेरिएन्टमा लन्च गरेको थियो ।

नयाँ म्याग्नाइटको डिजाइनमा कुनै ठुलो डिजाइन परिवर्तन गरेको छैन । यद्यपि यसमा सानो अपडेट भने गरेको छ । यसको ग्रिल र क्रोम वरिपरि पुन: डिजाइन गरिएको फ्रन्ट बम्पर र एलईडी टेल लाइट समावेश गरिएको छ । यसका साथै यसमा १६ इन्चको ड्युअल टोन अलोय ह्विल नयाँ डिजाइनको छ भने फ्रन्ट फग ल्याम्प पनि नयाँ डिजाइनको छ ।

यसको इन्टेरियरमा धेरै परिवर्तन गरिएको छ । यसको ड्यासबोर्ड, डोर प्याड र सेन्टर कन्सोल वरपर नयाँ ब्लाक र ओरेन्ज रङको थिम दिइएको छ । यसको ड्यासबोर्ड लेआउट, एसी भेन्ट्सको डिजाइन र स्टेयरिङ ह्विल प्रि-फेसलिफ्ट मोडलभन्दा एकदमै भिन्न छ ।

यसमा ८ इन्चको टचस्क्रिन, ७ इन्चको डिजिटल ड्राइभर डिस्प्ले, ४ रङको एम्बियन्ट लाइटिङ र वायरलेस फोन चार्जर जस्ता फिचर समावेश छ । सेफ्टीका लागि यसमा ६ वटा एयरब्याग, टायर प्रेसर मोनिटरिङ सिस्टम, अटो डिमिङ आईआरभीएम र ३६० डिग्री क्यामेरालगायत अन्य फिचर उपलब्ध गराइएको छ ।

यसमा १ लिटर एन/ए पेट्रोल र १ लिटर टर्बो पेट्रोल इन्जिन विकल्प छ । यसको १ लिटर एन/ए पेट्रोल इन्जिनले ७२ पीएस र ९६ एनएम टर्क जेनेरेट गर्छ । योसँगै १ लिटर टर्बो पेट्रोल इन्जिनले १०० पीएस र १६० एनएम टर्क जेनेरेट गर्छ ।

निसान म्याग्नाइटको मूल्य ५ लाख ९९ हजारदेखि ११ लाख ५० हजार भारुसम्म छ ।

सम्बन्धित समाचारहरू

प्यासेन्जर कारमा नयाँ वर्ष अफर : कार किन्दा लाखौ छुट, किन्न चाहने ग्राहक कम

प्यासेन्जर कारमा नयाँ वर्ष अफर : कार किन्दा लाखौ छुट, किन्न चाहने ग्राहक कम

आर्थिक मन्दीका कारण अहिले बजारमा समग्र उपभोग्य सामग्रीको खपतमा कमी...

निसान म्याग्नाइट र लिफ भयो थप मंहगो, म्याग्नाइटमा १ लाखसम्म बढ्दा लिफमा बढ्यो ३ लाख रुपैयाँ

निसान म्याग्नाइट र लिफ भयो थप मंहगो, म्याग्नाइटमा १ लाखसम्म बढ्दा लिफमा बढ्यो ३ लाख रुपैयाँ

निसानको लोकप्रिय एसयूभी म्याग्नाइट र इलेक्ट्रिक कार लिफ थप महंगो भएको छ ।...

कलंकीमा खुल्यो निसान ड्याटसनको नयाँ सोरुम

कलंकीमा खुल्यो निसान ड्याटसनको नयाँ सोरुम

काठमाडौं – नेपालमा निसान र ड्याटसन गाडीको आधिकारिक वितरक पायोनियर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...