म्याग्नाइट फेसलिफ्टको निर्यात अन्तराष्ट्रिय बजारमा सुरु, कहिले आउला नेपाल ?

निसानले गत अक्टोबर ४ मा लन्च गरेको म्याग्नाइट फेसलिफ्टलाई अन्तराष्ट्रिय बजारमा पठाउन सुरु गरेको छ । पहिलो लटमा २ हजार ७०० यूनिट म्याग्नाइट दक्षिण अफ्रिकामा निर्यात गरिएको कम्पनीले जनाएको हो ।

डिजाइनमा सामन्य अपडेट गरेर ल्याइएको यसको फेसलिफ्ट मोडेलमा ग्रिल र क्रोम वरिपरि पुनः डिजाइन गरिएको फ्रन्ट बम्पर र एलईडी टेल लाइट समावेश गरिएको छ । यसका साथै यसमा १६ इन्चको ड्युअल टोन अलोय ह्विल नयाँ डिजाइनको छ भने फ्रन्ट फग ल्याम्प पनि नयाँ डिजाइनको छ ।

एसयूभीको इन्टेरियरमा धेरै परिवर्तन गरिएको छ । यसको फेसलिफ्ट मोडेलमा निसानले ड्यासबोर्ड, डोर प्याड र सेन्टर कन्सोल वरपर नयाँ ब्लाक र ओरेन्ज रङको थिम दिएको छ । साथै, ड्यासबोर्ड लेआउट, एसी भेन्ट्सको डिजाइन र स्टेयरिङ ह्विल प्रि–फेसलिफ्ट मोडलभन्दा एकदमै भिन्न छ ।

कारमा ८ इन्चको टचस्क्रिन, ७ इन्चको डिजिटल ड्राइभर डिस्प्ले, ४ रङको एम्बियन्ट लाइटिङ र वायरलेस फोन चार्जर जस्ता फिचर समावेश छ । सेफ्टीका लागि यसमा ६ वटा एयरब्याग, टायर प्रेसर मोनिटरिङ सिस्टम, अटो डिमिङ आईआरभीएम र ३६० डिग्री क्यामेरालगायत अन्य फिचर उपलब्ध गराइएको छ ।

म्याग्नाइट फेसलिफ्टमा १.० लिटर पेट्रोल र १.० लिटर टर्बो पेट्रोल इन्जिन विकल्प छ । भारतमा यसको मूल्य ५ लाख ९९ हजारदेखि ११ लाख ५० हजार भारुसम्म निर्धारण गरिएको छ ।

केही समयअघि सम्म निसान म्याग्नाईट नेपाली बजारमा निकै नै रुचाइएको मोडेल थियो । तर अहिले ईभीको लोकप्रियताका कारण म्याग्नाइट लगायत प्राय सबैजसो कम्वसन गाडीले बजार लिन संघर्ष गर्नु परेको छ । यस्तो अवस्थामा म्याग्नाइट फेसलिफ्ट तत्कालै नेपाल आउने संभावना कम देखिन्छ ।

सम्बन्धित समाचारहरू

निसान नेपाललद्वारा ‘न्यु इयर, न्यु बिगिनिङ्स, न्यु ड्राइभ’ योजना सार्वजनिक, रु. ९९९ मा निसान म्याग्नाइट

निसान नेपाललद्वारा ‘न्यु इयर, न्यु बिगिनिङ्स, न्यु ड्राइभ’ योजना सार्वजनिक, रु. ९९९ मा निसान म्याग्नाइट

काठमाडौं – निसानको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले ‘नयाँ...

पुरानो कुनै पनि ब्रान्डको कारसँग नयाँ चेरी कार साट्ने अवसर : ६ लाख ३१ हजार सम्म फाइदा

पुरानो कुनै पनि ब्रान्डको कारसँग नयाँ चेरी कार साट्ने अवसर : ६ लाख ३१ हजार सम्म फाइदा

काठमाडौं – नेपालमा चेरी गाडीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले...

मर्सिडिज बेन्जले निसान छोड्यो, ३२५ मिलियन डलरमा सम्पूर्ण हिस्सा बिक्री

मर्सिडिज बेन्जले निसान छोड्यो, ३२५ मिलियन डलरमा सम्पूर्ण हिस्सा बिक्री

मर्सिडिज बेन्जले निसान मोटरमा रहेको आफ्नो ३.८ प्रतिशत हिस्सा बिक्री गरेको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...