३ लाख रुपैयाँ सम्मले महंगो भयो निशान म्याग्नाइट

नीशानको सर्वाधिक लोकप्रिय सव फोर मिटर एसयूभी म्याग्नाइटको मूल्य नेपाली बजारमा ३ लाख रुपैयाँसम्मले बृद्धि भएको छ । नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटो कर्पले नयाँ मूल्य सूची सार्वजनिक गर्दै यसवारे जानकारी दिएको हो ।

कम्पनीले विक्री गर्दै आएको ११ भेरिएन्टको मूल्य २ देखी ३ लाख रुपैयाँसम्मले वृद्धि गरिएको छ । जसमध्ये एक्सई वेस, एक्सएल मिड, एक्सभी अपर मोनो, एक्सभी अपर डुअल, एक्सभी प्रिमियम मोनो, एक्सभी प्रिमियम डुअल र एक्सएल मिड टर्वोमा २ लाख रुपैयाँले मूल्य बढाइएको छ भने एक्सभी अपर मोनो टर्वोमा ३ लाख रुपैयाँ बृद्धि भएको छ ।

यी भेरिएन्टको नयाँ मूल्य क्रमश ३३ लाख ९९ हजार, ३६ लाख ९९ हजार, ३९ लाख ९९ हजार, ४० लाख ३४ हजार, ४३ लाख ४९ हजार, ४३ लाख ८४ हजार, ४१ लाख ९९ हजार र ४५ लाख ९९ हजार निर्धारण गरिएको छ ।

अन्य भेरिएन्टमा एकभी अपर डुअल टर्वोमा २ लाख ९० हजार एक्सभी प्रिमिय मोनो टर्वोमा २ लाख ५० हजार र एक्सभी प्रिमियम डुअल टर्वोमा २ लाख ५० हजार बृद्धि भएको छ । यी भेरियन्टको मूल्य क्रमश ४६ लाख २४ हजार, ४८ लाख ४९ हजार र ४८ लाख ८४ हजार रुपैयाँ निर्धारण भएको छ ।

सम्बन्धित समाचारहरू

उत्कृष्ट विशेषता र प्रविधि तथा सुरक्षात्मक संयन्त्र सहित चेरी टिग्गो ८ प्रो नेपालमा

उत्कृष्ट विशेषता र प्रविधि तथा सुरक्षात्मक संयन्त्र सहित चेरी टिग्गो ८ प्रो नेपालमा

काठमाडौं – नेपालमा चेरी कारको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले...

निसानको नयाँ इलेक्ट्रिक एसयूभी एनएक्स८ लन्च, ३० मिनेटमै ८ हजारभन्दा बढी अर्डर

निसानको नयाँ इलेक्ट्रिक एसयूभी एनएक्स८ लन्च, ३० मिनेटमै ८ हजारभन्दा बढी अर्डर

निसानले चीनमा आफ्नो नयाँ इलेक्ट्रिक एसयूभी निसान एनएक्स८ लन्च गरेको छ ।...

परीक्षणका क्रममा देखियो निसान म्याग्नाइट फेसलिफ्ट, छिट्टै बजारमा आउने

परीक्षणका क्रममा देखियो निसान म्याग्नाइट फेसलिफ्ट, छिट्टै बजारमा आउने

अपडेट गरिएको निसान म्याग्नाइटको प्रोटोटाइप पहिलो पटक परीक्षण गरिएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...