आईसीसी मेन्स टी२० वर्ल्ड कप क्रिकेटको अफिसियल कार बन्यो निसान म्याग्नाइट
आईसीसी मेन्स टी२० वर्ल्ड कप क्रिकेटको अफिसियल स्पोन्सर निसान बनेको छ भने...
भारतमा निसान म्याग्नाइट लन्च भएको एक वर्ष पुरा भएको छ । गत वर्षको डिसेम्बर २ मा भारतमा निसान म्याग्नाइट लन्च भएको थियो ।
बिग, बोल्ड, ब्युटिफुलको उपमा दिइएको निसान म्याग्नाइटलाई निसानले भारत र अन्तर्राष्ट्रिय बजारका लागि एउटा नयाँ रणनीतिको सुरुवात सहित उपलब्ध गराएको बताएको थियो । ‘मेक इन इन्डिया, मेक फर द वर्ल्ड’ दर्शनमा आधारित निसान म्याग्नाइटले भारत मात्र नभएर दक्षिण एसिया, इन्डोनेसिया र दक्षिण अफ्रिकामा समेत राम्रो बजार लिएको छ । भारतमा करिव एक साता पहिले मात्र ३० हजार भन्दा बढी युनिट निसान म्याग्नाइट बिक्री भएको तथ्यांक सार्वजनिक भएको थियो । यसले निसानको बजारलाई एक कदम माथि उठाउनमा भूमिका खेलेको छ ।
यद्यपि पछिल्लो समयमा चिप्स अभाव र अन्य विभिन्न कारणले यसको उत्पादन नै प्रभावित भएकाले माग अनुसार गाडी उपलब्ध हुन सकेको छैन ।
नेपाली बजारमा समेत निसान म्याग्नाइट एसयूभीको माग उच्च छ । यही वर्षको फेब्रुअरी २२ मा नेपाली बजारमा निसान म्याग्नाइट लन्च गरिएको थियो । हाल सम्म १ हजार ३ सय भन्दा बढी निसान म्याग्नाइट नेपाली बजारमा बिक्री भइसकेको निसानको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पका असिस्टेन्ट जनरल म्यानेजर ज्ञानेन्द्र चन्दले बताए ।
यो पायोनियर मोटोकर्पका लागि एक कोशेढुंगा साबित भएको छ । छोटो समयावधिमा नै यो ‘बिग, बोल्ड, ब्युटिफुल’ एसयूभीलाई नेपाली बजारमा अत्यधिक रुचाइएको छ । चन्दका अनुसार एक वर्ष पुगेको अवसरमा नेपालमा समेत विशेष कार्यक्रमको आयोजना गरिने छ ।
दुई इन्जिन अप्सनमा उपलब्ध सो एसयूभी विभिन्न ११ भेरिएन्टमा उपलब्ध छ । १.० लिटर नेचुरल्ली एस्पायर्ड इन्जिनमा ६ भेरिएन्ट र टर्बो इन्जिनमा ५ भेरिएन्ट उपलब्ध छ । पहिलो १.० लिटर थ्री सिलिन्डर नेचुरल्ली एस्पिरेटेड इन्जिनले ७२ एचपी पावर र ९६ एनएम टर्क तथा अर्को टर्बो पेट्रोल इन्जिनले १०० एचपी पावर र १६० एनएम टर्क जेनेरेट गर्छ ।
यसको सुरुवाती भेरिएन्ट एक्सईको मूल्य ३० लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको छ भने सबैभन्दा टप भेरिएन्ट टर्बो इन्जिन सहितको एक्सभी प्रिमियम ड्युअल टोनको मूल्य ४५ लाख ४९ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
सबैभन्दा माथिल्लो भेरिएन्टमा एलईडी डीआरएलसहितको बाई–प्रोजेक्टर हेडल्याम्प, १६ इन्चको डायमन्ड कट अलोय ह्विल, इलेक्ट्रिकल्ली एड्जस्टेबल र फोल्डेबल विङ मिरर, रुफरेलका साथै फ्रन्ट र रियर फक्स स्किड प्लेट लगायतका विभिन्न इक्विपमेन्ट उपलब्ध छन् ।
त्यसैगरी यसमा ८.० इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम छ, जसमा सेगमेन्ट फर्स्ट वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटी छ । इन्स्ट्रयुमेन्ट क्लस्टरका लागि ७.० इन्च टीएफटी डिस्प्ले छ ।
आईसीसी मेन्स टी२० वर्ल्ड कप क्रिकेटको अफिसियल स्पोन्सर निसान बनेको छ भने...
नेपाली बजारमा समेत कार पारखीहरु बढिरहेका छन् । इन्ट्री लेवल देखि...
निशानले आफ्नो लोकप्रिय सब फोर मिटर एसयुभी म्याग्नाइटलाई ७ सिटर एमपिभीमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...