निसान म्याग्नाइट र लिफ भयो थप मंहगो, म्याग्नाइटमा १ लाखसम्म बढ्दा लिफमा बढ्यो ३ लाख रुपैयाँ

निसानको लोकप्रिय एसयूभी म्याग्नाइट र इलेक्ट्रिक कार लिफ थप महंगो भएको छ । नेपालका लागि आधिकारिक बितरक पायोनियर मोटोकर्पले म्याग्नाइटमा ८५ हजारदेखि १ लाख रुपैयाँसम्म र लिफमा ३ लाख रुपैयाँले मूल्य बढाएपछि यी गाडी महंगो भएको हो ।

नन् टर्वोमा कुल ६ वटा मोडल उपलब्ध रहेको म्याग्नाइटको २ वटा भेरिएन्ट एक्सभी अप्पर डुअल र एक्सभी प्रिमियम डुअलमा ८५ हजार रुपैयाँका दरले बढाइएको छ । यसअघि ३७ लाख ४९ हजार र ४० लाख ९९ हजार रुपैँयामा बिक्री हुँदै आएको यी एसयुभीको नयाँ मूल्य क्रमश ३८ लाख ३४ हजार र ४१ लाख ८५ हजार रुपैयाँ पुगेको छ ।

अन्य ४ भेरिएन्टहरु एक्सई वेस, एक्सएल मिड, एक्सभी अप्पर मोनो र एक्सभी प्रिमियम मोनोमा भने १ लाख रुपैयाँका दरले मूल्य बढाइएको छ । यसअघि ३० लाख ९९ हजार, ३४ लाख ९९ हजार, ३७ लाख ९९ हजार र ४० लाख ४९ हजार रुपैयाँमा बिक्री गरिँदै आएको यी भेरिएन्टको नयाँ मूल्य क्रमश ३१ लाख ९९ हजार, ३५ लाख ९९ हजार, ३८ लाख ९९ हजार र ४१ लाख ४९ हजार रुपैयाँ कायम गरिएको छ ।

यसैगरी टर्वो इन्जिनमा पनि २ वटा भेरिएन्टमा ८५ हजार र बाँकी ३ भेरिएन्टमा १ लाख रुपैयाँका दरले मूल्य बढाइएको छ । यसअघि ४२ लाख ४९ हजार रुपैयाँमा बिक्री गरिँदै आएको एक्सभी अप्पर डुअलको मूल्य ४३ लाख ३४ हजार र ४५ लाख ४९ हजार रुपैयाँ पर्ने एक्सभी प्रिमियम डुअलको मूल्य बढाएर ४६ लाख ३४ हजार पुर्याइएको छ । वाँकी तीन भेरिएन्टको नयाँ मूल्य भने एक्सएल मिडको ३९ लाख ९९ हजार, एक्सभी अप्पर मोनोको ४२ लाख ९९ हजार र एक्सभी प्रिमियम मोनोको ४५ लाख ९९ हजार रुपैया पुगेको छ । यी भेरिएन्टमा १ लाख रुपैयाँका दरले मूल्य बढेको हो ।

गत सेप्टेम्वर महिनामा नेपाल भित्रिएको इलेक्ट्रिक कार लिफमा भने एकैपटक ३ लाख रुपैयाँ बृद्धि गरिएको छ । यससँगै यसअघि ५९ लाख ९९ हजार रुपैयाँमा बिक्री हुँदै आएको यो कारको नयाँ मूल्य ६२ लाख ९९ हजार रुपैयाँ पुगेको छ ।

सम्बन्धित समाचारहरू

सेडानका लागी चुनौती बनेको ह्याचब्याक संकटमा, अब लोकप्रिय बन्दै माइक्रो एसयूभी

सेडानका लागी चुनौती बनेको ह्याचब्याक संकटमा, अब लोकप्रिय बन्दै माइक्रो एसयूभी

कुनै समय नेपाली सडकमा सेडान कारको उपस्थिति निकै नै बाक्लो देखिन्थ्यो ।...

‘लेफ्ट–ह्यान्ड–ड्राइभ’ बजारमा निसान म्याग्नाइटको निर्यात सुरु

‘लेफ्ट–ह्यान्ड–ड्राइभ’ बजारमा निसान म्याग्नाइटको निर्यात सुरु

निसानले लेफ्ट ह्यान्ड ड्राइभ बजारमा मेड–इन–इन्डिया म्याग्नाइट निर्यात...

यस्ता छन् सलमान खानका बुलेट प्रुफ एसयूभी

यस्ता छन् सलमान खानका बुलेट प्रुफ एसयूभी

हालै सलमान खानलाई लक्ष्यित गरी बम हानिएको खबर सार्वजनिक भएको छ । यससँगै...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...